घडी चोरको आरोपलागेपछि सांसद खतिवडाको पत्रकार सम्मेलन



काठमाडौं, नेस । घडी चोरेको आरोप लागेपछि निक्कै तनावमा रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पत्रकार सम्मेलन गरेर आपूmलाई चोख्याउन वाध्य हुनु परेको छ।

गत बुधवार होटल –याडिशनको जिम हलबाट पूर्व प्रधान सेनापति छत्रमान गुरुङका छोरा प्रबल गुरुङको १४ लाख पर्ने रोलेक्स घडी सांसद खतिवडाको ट्राउजरमा फेला परेको हल्लापछि उनी यसरी पत्रकार सम्मेलन गरेरै स्पष्टिकरण दिनवाध्यभएकाहुन् ।

इमान्दार छवि बनाएका सांसद खतिवडा भने यो आपूmलाई फसाउनगरिएको अत्यन्तै निकृष्ट षडयन्त्र भएको बताउँछन् । पत्रकार सम्मेलनमा सांसद खतिवडाले यो घटना आप्mनो चरित्र हत्यागर्ने मात्रनभई यसले सम्पूर्ण सांसदहरुलाई नै चोट पार्ने कामभएकोले प्रहरीले यस घटनामा निष्पक्ष छानविन गरी सत्य कुरा बाहिर ल्याउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्