वर्षभरीको बृद्ध भत्ता विद्यालयलाई चन्दा



(अनिल खत्री)/ गुल्मी, २४ पुस ।
सरकारले दिएको सामाजिक सुरक्षा भत्ता अन्तरगत एक वर्षभर आफूले पाउने बृद्ध भत्ता वापतको २४ हजार रुपैयाँ एक बृद्धले विद्यालयलाई चन्दादान गरेका छन् ।

जनता उच्च माध्यामिक विद्यालय अस्लेवा–७ गुल्मीको स्वर्ण महोत्सवमा अस्लेवा ७ का ९६ वर्षिय कलाधर कनौजेले आफ्नो वर्षभरको वृद्ध भत्ता चन्दा दिएका हुन् ।

उनले आफ्नो बृद्ध भत्ता दिए लगत्तै कनौजेका जेठा छोरा शोभाखर कनौजे, माईला ओमप्रकाश कनौजे, कान्छा गोपाल कनौजे, नाती अजुर्न कनौजे सहित त्यस परिवारले ५ लाख ५ हजार चन्दा प्रदान गरेको छ ।

विद्यायललाई अन्य सहयोगदाताको नाम विवरण स्वर्ण महोत्सव समापनको केही  दिनपछि सार्वजानिक गर्ने प्राचार्य भिमलाल पाण्डेले बताए ।  प्रचार प्रसार समितिका संयोजक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले सम्म करिव ७० लाख संकलन भएको अनुमान गरिएको छ भने करिव १५ लाख भन्दा बढि खर्च अनुमान गरिएको छ ।

खर्च कटाएर बाँकी रहेको रकमले प्राविधिक शिक्षा लगायतको स्तरबृद्धि गरिने उद्देश्य रहेको मुल समारोह समितिका अध्यक्ष वलराम अधिकारीले बताए ।

पाचदिन सम्म चलेको स्वर्ण महोत्सवमा बिबिध कार्यक्रमहरु सहित सम्पन्न भएको छ । स्वर्ण महोत्सवको उद्घाटन गर्न शिक्षा मन्त्री आउने भनिए पनि उनको कार्य व्यस्तताका कारणले कार्यक्रमका  विशेष अतिथी जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्