आयोगको खाकाप्रति असन्तुष्टी जनाउँदै सडक अबरुद्ध



(रामधन राई)/ खोटाङ, २४ पुस ।

स्थानीय तह पुनसंरचना आयोगले तय गरेको खाकाप्रति असन्तुष्टी जनाउँदै खोटाङस्थित चार गाबिसका स्थानीयले सडक अबरुद्ध गरेका छन् ।

स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले प्रस्ताव गरेको भन्दा फरक किसिमको प्रतिबेदन सरकारलाई बुझाइएको भन्दै जिल्लाका बुइपा, राजापानी, बिजयखर्क र नुनथलाका स्थानीयले शनिबारदेखि मध्यपहाडी लोकमार्गअन्र्तगतका दिक्तेल–हलेसी तथा महुरे–फोक्सिङटार सडक अनिश्चित कालका लागि बन्द गरेका हुन् ।

जिल्लाका राजनैतिक दल तथा स्थानीयले प्रस्ताब गरेको खाकालाई बेवास्ता गर्दै आयोगले आफ्नै खालको खाका सहितको प्रतिबेदन बुझाएकाले नसच्याएसम्म सडक बन्द जारी राख्ने युवा संघ खोटाङका अध्यक्ष समेत रहेका बुइपाका दिनेश राईले बताउनुभयो । बन्दका कारण यात्रुबाहक तथा मालबाहक सवारीसाधन बीच बाटोमै रोकिएको छ ।

स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले महुरेगढी गाउँपालिकामा समाबेश गरेको बुइपा, राजापानी, बिजयखर्क र नुनथला गाबिसमध्ये आयोगले बुइपा र नुनथलालाई रुपाकोट मझुवागढी नगरपालिकामा तथा राजापानी र बिजयखर्क गाबिसलाई हलेसी तुवाचुङ नगरपालिकामा समाबेश गरेको प्रतिबेदन बुझाइएकोले कडा आन्दोलनमा उत्रनु परेको बिद्यार्थी नेता ओमप्रकाश घिमिरेले जनाउनुभयो ।

उक्त गाउँपालिका बिरुद्घ बिजयखर्कका उदयबहादुर कार्कीका संयोजकत्वमा गठित संघर्ष समितिले खाका नसच्याईए अन्य आन्दोलनको कार्यक्रम समेत अगाडी बढाउने चेतावनी दिएको छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका बनाउन सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्