एक दशकपछि ठोरीमा बल्ल बत्ती बल्यो



वीरगन्ज (नेस)
विद्युतीय सेवा पुग्न नसकेको पर्सा जिल्लाको एकमात्र गाविस ठोरीमा एक दशकपछि बत्ती बलेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा पर्साको ठोरी र निर्मलबस्ती गाविसमा आर्थिक वर्ष २०६३ /०६४ मैं विद्युतीकरणको काम शुरू भएपनि ठोरीमा भने शनिबारबाट औपचारिकरूपमा बिजुलीबत्ती बलेको हो ।

निर्मलबस्ती गाविसमा भने चार वर्ष पहिले नै बिजुलीबत्ती बलेको थियो । गाउँमा विद्युत् पोल गाडेर तार झुन्ड्याएको १० वर्ष भइसकेको थियो, ठोरी–३ का रामप्रकाश कुवरले भने, आज बल्छ भोलि बल्छ भन्दै १० वर्षसम्म कुर्नुप¥यो, तर १० वर्षदेखिको धोको बल्ल आज पूरा भयो, अब बल्ल हामी पनि यो देशको नागरिक हौं भन्ने अनुभूति गरिरहेका छौं ।

ठोरी गाविसमा कुल १,३८९ घरधुरी छन् । तर पहिलो चरणमा ३८० घरधुरीमा मात्रै बिजुलीबत्ती बालिएको छ । ठोरीको बिधुतीकरणको बिषयमा नेपाल समाचारपत्रले पटक पटक समाचार प्रकाशित गरी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्