सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात



डोटी (नेस)
मौसम परिवर्तनले वर्षासंगै सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा तथा डोटी जिल्लामा हिमपात भएको हो ।

हिमपातका कारण यहाँको जनजिवन निकै प्रभाबित बनेको छ । डोटीको, गोलेदेउला, ठूलाकेदार, नापानी, काफली, तेलेलेक तथा खप्तड क्षेत्रमा बाक्लो हिउ परेको स्थानियबासी नवलसिंह धामीले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही दिन पहिला मात्रै नाङ्गा देखिएका यहाँका डाडा काँडाहरु हिउपरेपछि सेताम्मे भएका छन्, किसानलाई फाईदा हुने भयो ।’
त्यसतै बैतडीको उच्च लेकाली भाग, दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाडांै लगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भु भागमा पनि हिमपात भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

वर्षासंगैको हिमपातले अत्यधिक चिसो बढेपछी सुदूरपश्चिमको जनजीवन पनि निकै प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र बृद्घबृद्घा प्रभावित भएका छन् । लामो समयपछी बर्षा भएपछी किसानहरु भने हर्षित भएका छन् ।

वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकोमा चिन्तीत भएका किसान बर्षापछी हर्षित भएको अर्का स्थानिय जयलाल बोहराले बताउनु भयो । यो बर्षाले हिउँदे बाली सप्रिनेमा किसानको आसा जागेको छ ।

त्यस्तै बाक्ले हिमपातका बन्द भएको अत्तरिया स्याउले जोड्ने भिमदत्त राज मार्ग सुचारु भएको छ । हिमपातका कारण डोटीको गैरा देखी डडेल्धुराको साहुँ खर्क सम्म बन्द भएको सडक नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी तथा स्थानियबासीको पहलमा आईतबार बिहान देखी सुचारु भएको हो ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार हिमपातले बाटो बन्द भएपछि यहाँका पहाडी जिल्ला बाट तराई जान हिडेका तथा तराई बाट पहाडी जिल्ला आउदै गरेका दजर्नौ सवारी साधान डोटीको गैरा तथा डडेल्धुराको साहुँ खर्कमा गएराती देखी जाममा परेका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानियबासीको पहलमा आईतबार बिहान मौषममा सुधार आएपछि हिउ पन्छायर बाटो सुचारु गरेको प्रहरीले जनाएको छ । बाटो खुलेपछि यातायातका साधनहरु आ आफनो गन्तब्य तिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्