विद्युत्तिकरणमा पानी घट्टको योगदान



काभ्रे, (नेस)।
बढ्दो लोडसेडिङलाई कम गर्न परम्परागत रुपमा संचालन भईरहेका घट्टहरुलाई सुधार गरी जिल्लाका १६ स्थानमा विद्युत्तिकरण गरिएको छ । जिल्लामा रहेका १ हवजार १ सय २० घट्टहरु मध्ये ९ सय ८० घट्टधनीहरु संघमा आवद्ध भई ८ सय ९५ वटा घट्टहरुलाई सुधार गरिएको घट्ट धनी संघ काभ्रेका अध्यक्ष शिवशरण श्रेष्ठले बताए ।

पानीबाट सचालन भईरहेका घट्टहरु मध्ये ८५ वटा घट्टमा लामो मदानी राखेर विभिन्न प्रविधि संचालन गरिएको सचिव रामहरी श्रेष्ठले बताए । घट्टधनी संघ काभ्रेको आठौ बार्षिक साधारण सभा तथा पाँचौ जिल्ला अधिबेशनमा संघको तर्फबाट जिल्लाका गतिविधिहरु सार्वजनिक गर्दै पानी सुक्दै गएकाले घट्टहरु संचालन गर्न कठिनाई भएको, प्रविधियुक्त हुन नसक्दा समय धेरै लाग्ने हुँदा उपभोक्ताहरु घट्दै गएकाले त्यसको संरक्षण र प्रर्वद्धनमा संघले ध्यान दिनु पर्ने बताएका थिए । पानी घट्टबाट पिसानी लगायत धान कुट्ने, तेल पेल्ने, चिउरा कुटानी, काड चिरानी लोक्ता विटरका साथै विद्युत्तिकरणमा समेत घट्टहरुले महत्वपूर्ण योगदान पु¥याएको अध्यक्ष श्रेष्ठले बताए ।

घट्टहरु नियमित संचालन हुँदा १ हजार भन्दा धेरै ब्यक्तिहरुलाई प्रत्यक्ष रोजगार भएको छ भने महिला तथा बालबालिकाहरुको बोझमा कमी ल्याई समयको बचत, स्वास्थ्यमा सुधार र स्थानीय स्तरमा विभिन्न ढंगबाट योगदान पु¥याएकाले लोप हुँदै गएका घट्टहरुलाई बचाउन पर्नु सुझाव दिईएको थियो । घट्टधनी संघले घट्टधनीहरुलाई सिपमुलक तालिम प्रदान गर्दै घट्ट विद्युत्तिकरण, हाइड्रोलिक ¥याम पम्प, वातावरण मैत्री कार्यक्रम संचालन गरिरहेको उपाध्यक्ष राजेन्द्र केसीले बताए ।

छोटो मदानी भएका ८ सय ९५ वटा र लामो मदानी भएका ८५ वटा घट्टहरुलाई आगामी दिनमा बाँकी रहेका घट्टहरुमा पनि थप गर्दै लैजाने कार्यक्रम पास गराएको छ । सन् २००३ मा नेपाल सरकार र नेदरल्याण्ड विकास नियमेगको सहयोगमा ग्रामिण प्रविधि केन्द्रको प्राविधिक सहयोगमा जिल्लाका घट्टहरुलाई सुधार गरिएको थियो । साधारण सभाको उद्घाटन उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेले गरेका थिए । बादेले बन्द रहेका उद्योगहरु संचालन गर्न र उद्योग संचालनमा अवरोध भएका नीति नियमहरुलाई शंशोधन गर्न सहयोग गर्ने बताएका थिए ।

अधिबेशनको बन्द सत्रले पुनः शिवशरण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र केसी, सचिव रामहरी श्रेष्ठ, कोषाध्यक्ष प्रमिला पाख्रिन गोले रहेका छन् भने सदस्यहरुमा रेखबहादुर रखाल, गणेश लामा, हस्तमाया आले, रामचन्द्र श्रेष्ठ, जितबहादुर श्रेष्ठ रहेका छन् । सभामा सचिव रामहरी श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रमिला पाख्रिनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्वतले पास भएको थियो । सभामा अध्यक्ष शिवशरण श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र केसी, सचिव रामहरी श्रेष्ठ, कोषाध्यक्ष प्रमिला पाख्रिन, पुर्व सदस्यहरु मानबहादुर गोले र पदमबहादुर पाख्रिनलाई सम्मान गरिएको थियो भने जिल्लाबाट प्रकाशन हुने चेष्टा साप्ताहिकलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्