पशु सेवा कार्यालयका प्रमुखले अनियमितता गरेको विषयमा छानविन समिति गठन



(प्रशान्त वली)/ दाङ, २४ पुस ।
जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख डा. जगतबहादुर सिंखडाकै संलग्नतामा  किसानलाई अनुदान तथा सामाग्री खरिदमा अनियमीतता गरेको बिषय बाहिर आएपछि पशुपंक्षि विकास मन्त्रालयले छानविन समिती गठन गरेको छ ।

सत्य तथ्य पत्ता लगाउन क्षेत्रीय पशु निर्देशनालयका प्रमुखको नेतृत्वमा दुई सदस्यीय समिती गठन भएको हो । ७ दिन भित्र पशु बिभागलाई छानबिन गर्न मन्त्रालयले पत्राचार गरेको पशु पंक्षि विकास मन्त्रालयका प्रवक्ता श्याम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुखले भ्रष्टाचार गरेको प्रमाणित भए कानुन बमोजिम कारबाही हुने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । बिभागलाई छानविन गरि प्रतिबेदन तयार पार्ने जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्