नागरिक जागरण मञ्चमा श्रेष्ठ



काठमाडौँ, २४ पुस / नागरिक जागरण मञ्च नेपालले राजाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सो संस्थाको शनिबार सम्पन्न सभाले प्रथम उपाध्यक्षमा डा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मोहन उपाध्याय, महासचिवमा मोहन राजलवट र कोषाध्यक्षमा हसिना श्रेष्ठलाई निर्वाचित गरेको छ । मुलुकका विभिन्न क्षेत्र तथा भूगोल समेटेर १६ सदस्यको छनोट पछि गरिने छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाजका विभिन्न स्थानमा समाजसेवाका माध्यमबाट विपन्न वर्गको सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ राप्रपाको प्रवक्ताको जिम्मेवारीमा समेत हुनहुन्छ ।

संस्थाका निवर्तमान अध्यक्ष एवम् सांसद दीपक कुइँकेलले मुलुकमा सबै जाति तथा समुदायबीच सामाजिक एकता तथा सदभाव कायम राख्नका लागि अभियान सञ्चालन गर्न र नागरिकको आर्थिक विकास तथा देशको समुन्नतिका लागि काम गर्न नयाँ नेतृत्वसँग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्