देश अप्ठइरोमा छः प्रधानमन्त्री



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताउनुभएको छ। ‘आफू अप्ठ्यारोमा नभए पनि देश अप्ठ्यारोमा रहेको बताउँदै उहाँले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताउनुभएको हो। ‘म अप्ठ्यारोमा छैन, देश अप्ठ्यारोमा छ, समस्या हल गर्ने प्रयासमा छु। यसका लागि राष्ट्रिय सहमति र एकताका खाँचो छ’,उहाँले भन्नुभयो।

नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँदै भन्नुभयो, ‘संविधान हामीले बनायौं, त्यो महत्त्वपूर्ण कार्यभार थियो। अब संविधानको सफल कार्यान्वयन गर्नुछ।’

संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने तयारीमा सरकार लागिरहेको बताउँदै प्रचण्डले आफ्नो प्रयत्न देशलाई पहाड र तराईका नाममा ध्रुवीकरणमा लैजाने नभई हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु रहेको बताउनुभयो। राष्ट्रिय एकता कायम गरेर निर्वाचन सफल भए मात्रै हामी सफल हुन्छौं र राष्ट्रिय एकता कायम हुन्छ, प्रचण्डले भन्नुभयो। लोकार्पणमा प्रधानमन्त्रीले शान्ता श्रेष्ठ नेपाली बाम राजनीति र संघर्षको विशिष्ठ व्यक्तित्व भएको बताउँदै त्यसबाट आफू पनि प्रभावित भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्