भारतीय कवि दिनकर र राजनीति



(दामोदर पौडेल) भारतीय कवि दिनकरको उमेर सय वर्षको वरिपरी छ। उनी भारतको स्वतन्त्रताभन्दा पहिला देखि नै राजनीति र समाज सेवामा लागेका हुन्। उनको मुलत साहित्यमा दखल छ। उनी भन्दछन् कि गास, वास र कपासको कुरा गर्दा कम्युनिष्ट भनिन्छ। उनलाई विचार वदल्ने ब्यक्तिको आरोप लागेको संवन्धमा उनको भनाई फरक छ। उनी नेहरू, जिन्ना समेत धेरैका क्रमस समर्थक बनेछन्। उनलाई आज एउटाको समर्थक र भोली अर्कोको समर्थक वन्न कुनै आपत्ति नै रहेनछ। उनी कसैले पनि जनताका आधारभुत आवस्यकता पुरा गर्छु भन्दछ भने उसको पछि लाग्ने र त्यसले नगरे अर्कोको पछि लाग्ने वताउंदा रहेछन्। नेता वदल्नु उनको गल्ती होइन, उनको विश्वासलाई पुरा नगरिदिनु हो भन्ने उनको ठम्याई छ। उनी थप्दछन् कि उनमा नेतृत्व गर्ने क्षमता छैन त्यसैले समर्थक वन्नु पर्दछ र जो राम्रो लाग्दछ त्यसैको पछि लाग्ने र गल्ती गरे छोड्ने उनको वानी छ।

पद र संपत्तिको लागि उनी नेता बदल्दैनन्, विचार पुरा होस् भनेर वदल्छन्। त्यसैले उनी पुजनिय पनि छन्। उनको सवैभन्दा ठुलो इमान्दारी त धेरै मानिस जस्तै उनी पनि गरिवीमा नै वांचिरहेका छन्। पदकोलागि दल वदल्ने र जनताको लागि पक्ष वदल्नेमा भिन्नता छ कि ?

नेपाली चलन छ, राम्रो काम केही नगर्ने र गलत गर्नेहरूको पक्षमा अनुचित तर्क दिएर पछि लाग्ने गरिन्छ। विचार यो राम्रो, नेताको यो काम राम्रो भन्ने आधार भन्दा मेरो काम गरेको यो दल, त्यो नेताले मलाई मेरो परिवारलाई र आफ्न्तलाई यति गरेको छ, पुरानोमा रहे पछि धाक र रवाफको भरमा नै पैसा कमाउन पाइन्छ , मलाई नेता वनाई दिन्छ कि आदि लोभमा मानिसहरू दलको पछि पछि लागि रहेकाछन्। वारंवार राम्रा र असल नेताहरूले हार्ने र पैसा खर्च गर्नेहरूले जित्ने अवस्था नेपालीकै साझा रोग वन्दै छ।

देश र जनताको लागि होइन, मतको लागि मात्र राजनीति गर्ने वानी परेछ। समर्थकहरूको पनि त्यही हालत छ। निजी लोभको उत्कण्ठा लिएर राजनीतिमा जनतालाई मूर्ख बनाउन नेपाल नै सबैभन्दा सजिलो देश रहेछ। कस्तो अचम्म, जनताले सधैँ नै राम्रो मानिस छान्न सकेनन्। तिनै नराम्रा मानिस छानेकाले उनीहरू हाम्रा नेता खराब भन्ने गर्छन्। खराब त हो तर सबै खराबमध्ये संधै चिनेको लाई नै मत दिंदा कमसेकम आफुलाई केही कदर त हुन्छ भन्ने भावना प्रतिगामी हुन जान्छ।

मनले धेरै कुरा खोज्दछ। यो अस्थिर हुन्छ। ती खोजेका कुराहरू मध्ये विचारको आधारमा मानिसले केहीलाई पछ्याउंछ। त्यो विचारलाई समय समयमा पारख गर्दछ। अर्थात विवेक लगाउंदछ। विवेकको आधारभा त्यसलाई आत्मसात गर्ने गर्दछ। मानिसको विवेकको पनि सिमा छ। यसलाई समय समयमा कसि लगाउन पर्दछ भन्ने भावना आयो भने मानिसको राम्रो कामको लागि मानसपटलमा वसेको अहंकार वदलिन्छ। वोलिचालीको भाषामा अहंकार हुंदैन। अर्थात आफ्नो विवेकलाई समयअनुसार कसी लगाउन सक्ने क्षमताको विकास हुनुपर्दछ। त्यसकै प्रतिक दिनकर हुन्।

मनलाई संयमित गर्न नसक्ने हो भने यो मनलाई विश्व नै जिम्मा दिए पनि पुग्दैन। विश्व विजेता पनि वाटोमा हिंड्दा यो रुख वांगो रहेछ सोझो भए हुन्थ्यो भन्ने सोच्दछ भने त्यो पुरा हुंदैन। राजनीतिज्ञहरूमा मात्र नभई जनतामा आध्यात्मिक चिन्तन हुन अपरिहार्य भएको छ। कर्मचारी वा अन्य सवैले आफ्नो आवस्यकताको मात्रा ख्याल राख्दा र अरूको आवस्यकतालाई ध्यान नदिंदा नै विद्रोह हुन्छ। यसले दुवै थरीलाई नोक्सान नै हुन्छ।

म जस्तै अरूको पनि जिवन हो, सुखको आवस्यकताको कुनै सिमा छैन। जति सुख पायो त्यति नै सुख चाहने मन छ। त्यसैले सुखको लागि जे पनि गर्ने बानीको अन्त्य आवस्यक छ। ब्यक्तिगत चाहनाको कुनै सिमा नै छैन। कहिल्यै पुरा पनि हुंदैन। त्यसैले सुखलाई सामान्यीकरण गर्दै विकास, सुख, अरूको पनि हित आदिलाई समायोजन गर्न सकिए मात्र समाजमा वास्तविक शान्ति हुन्छ।

हामी समाजको हित चाहन्छौं, तर व्यक्तिगतरूपामा आफ्नो हितलाई प्रधानता दिन्छौं। यो अवस्थालाई ब्यवस्थित गर्ने हो भने समाजको आधारभुत आवस्यकतालाई प्रधानता दिने पक्षमा सजग हुनै पर्दछ। यसले समाजमा शान्ती र न्याय दुवै दिन्छ। अपराधको कमि हुंदै अन्त्य हुन्छ। मेरो आवस्यकता अरूको भन्दा माथि छैन भन्ने भावना सवैमा भएमा शान्ति कुनै टाढाको विषय होइन। विकासले गति नलिने कारण नै बांकी रहंदैन।

प्रतिक्रिया दिनुहोस्