एक बर्षको फरकमा जुम्ल्याहाको जन्म



एरिजोना (एजेन्सी)
नयाँबर्षको पुर्व सन्ध्या र नयाँ बर्षको दिनमा जन्मेर जुम्ल्याहा दाजुभाइ एभरेट र सयर से अब बर्षौसम्म चर्चा गर्न पाउने आफनो जन्मको रोचक घटना लिएर बाँच्न पाउने भएका छन् । सयरको जन्म उनका भाइभन्दा ११ मिनेट अगाडी भएको थियो, जतिबेला सन् २०१६ नै थियो र उनका भाइको जन्म औपचारीक रुपमा २०१७ सुरुभएको १ मिनेट पछाडी भयो ।

एरिजोना राज्यको ब्यानर थनडरबर्ड मेडिकल सेन्टेरमा जन्मेका फुच्चे एभरेट सन् २०१७ मा एरिजोना राज्यमा जन्मेको पहिलो शिशु पनि बने । उक्त सौभाग्य जुटाउन उनका दाजुले पर्खन सकेन, जसले गर्दा उनको जन्म दर्ता सन्२०१६ डिसेम्बर ३१ हुन पुग्यो र एभरेटको जन्म दर्ता सन् २०१७ जनवरी भयो । तैपनि उनी प्राविधिक रुपमा जुम्ल्याहा नै हुन । सन्तान प्राप्तीले गौरन्वावित ग्लेन्डेल निवासी आमाबुवा होली र ब्रान्डोन सेले नयाँबर्षको पुर्वसन्धामा करिब साँझ साढे पाँचबजे प्रशव पिडा सुरु भएको बताए । होलीले आफना सन्तानलाई धर्तिमा ल्याएको समय अत्यन्त उपयुक्त भएको बताइन् । पिता ब्रान्डनले एभरेटले धर्तिमा आउन अलि ढिला गर्ने अडान राखेको एरिजोना रिपब्लिकलाई दिएको अन्तरवार्तामा बताए ।

एभेरेट र सेवेर जुम्ल्याह भएपनि दुरुस्त छैनन् । एभेरेट उनको दाजुभन्दा अलि लाम्चो देखिएका छन् भने सेवेरको दुईजनामा अलि तौल बढी छ । ती जुम्ल्याहा घरमा स्वागत गर्न १३ र ४ बर्षिया दुई दिदी तयार छन् ।

प्रतिक्रिया दिनुहोस्