विश्वकै सबैभन्दा ठुलो प्रविधी ब्यापार मेला सुरु



लसभेगास (एजेन्सी) विश्वको सबैभन्दा ठुलो उपभोक्ताहरुको प्रविधि ब्यापार महोत्सव ‘कन्ज्युमर इलेक्ट्रेनिक सो–२०१७‘ शुक्रबारदेखि अमेरिकाको लसभेगासमा सुरु भयो ।

जनवरी ५ देखि ८ सम्म हुने उक्त ब्यापारिक मेलामा अमेरिका लगायत विश्वभरीका ख्याती कमाएका प्रविधी कम्पनीले आफनो नयाँ उत्पादलाई लन्च गर्नेछ । यद्यपी यो उत्सवको मिडिया इभेन्ट्स भने जनवरी ३ बाटै सुरु भएको थियो । क्युएलईडी टीभी, स्मार्टफोन, पीसी, ल्यापटप, भीआ डिभाइस, स्मार्ट स्कार्फ, ब्रेल डिस्प्ले भएको एन्ड्रेइड, सेल्फ ड्रइभिंग तथा इलेक्ट्र्कि गाडीसँग नयाँ अत्याधुनिक विशेषता भएका उत्पादनको पनि यस प्रदर्शनीमा घोषणा हुनेछ ।

यो प्रदर्शनी यसको ५० औं संस्करण हो । यसमा ५७ देशका प्रविधी कम्पनीहरुले भाग लिएका छन् । ती कम्पनीहरुको २० हजार भन्दा बढी उत्पादन प्रदर्शनीमा राखिनेछ । यस ब्यापारमेलामा १ सय ५० देशका आद्योगिक ब्यवसायी सहभागि हुनेछ । यस मेलाको अवलोकनका लागि विश्वभरीबाट २ लाख भन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ । यो मेलामा सबैभन्दा बढी १ हजार ३ सय चिनियाँ उत्पादका प्रदर्शक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्