राहिल इस्लामिक गठबन्धन सेना प्रमुखमा नियुक्र



इस्लामाबाद (एजेन्सी) पाकिस्तानका स्थानिय सन्चार माध्यमहरुले पाकिस्तानका पुर्व सेना प्रमुख जनरल राहिल सरिफलाई कट्टपन्थी विरुद्ध ३९ मुस्लिम देशको गठबन्धन सेनाका प्रखुख नियुक्त गरिएको जनाएको छ ।

रक्षा मन्त्री ख्वाजा आसिफले उनलाई यस नियुक्तीका विषयमा जानकारी भएको यद्यपी उनले उक्त नियुक्ती कुनै सम्झौता अनुसारको नभएको जियो न्युज टीभीलाई बताए ।आतंकवाद विरुद्ध सैन्य गठबन्धनको निर्णय सरकारलाई विश्वासमा लिएपछि मात्र लिइएको रक्षामन्त्रीले बताए । यस प्रकारको नियुक्ती वा जिम्मेवारीका लागि सरकार र सैन्य मुख्यालयको स्विकृतिको आवश्यक हुने र उक्त प्रक्रियाको पालना गरिएको उनले जानकारी दिए ।

सन् २०१५ डिसेम्बरमा आतंकबादसँग लड्नका लागि पाकिस्तान लगायत ३० भन्दा धेरै इस्लामिक देशले सउदी अरेबियाको नेतृत्वमा एउटा सैन्य गठबन्धनको घोषणा गरेका थिए । उक्त गठबन्धनमा सुरुमा ३४ देश सहभागी रहेका थिए भने पछि त्यो संख्या ३९ पुगेको थियो ।

इस्लामिक देशको सैन्य गठबन्धनमा इजिप्ट, कतार र संयुक्त अरब इमिरेट्स जस्ता थुप्रै अरब देश लगायत टर्की, मलेसिया, पाकिस्तान र अफ्रिकी देश सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्