चिनियाँ बन्डरगाह विवादमा झडप



कोलोम्बो (एजेन्सी)
दक्षिणी श्रीलंकामा चीनको एउटा बन्दरगाह र विशेष आर्थिक क्षेत्र बनउाने योजनाको विरोधमा प्रहरी तथा प्रदर्शनकारीबीच हिँसात्मक भिडिन्त भएको छ । नागरिकहरुलाई उक्त आर्थिक क्षेत्रका लागि जमीन खाली गर्न भनिएपछि त्यसको विरोधमा सयौं प्रदर्शनकारीले सडकमा प्रदर्शन गरेका थिए । भिडन्तका क्रममा बौद्ध भिक्षु लगायत थुप्रै घाइते भएको जनाइएको छ ।

नागरिकहरुले तटिय सहर हंबनटोटाको नजिकै प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारी र प्रहरीकाबीचमा झडप भइरहँदा श्रीलंकाका प्रधानमन्त्री पनि सोही सहरको एउटा समारोहमा सहभागी थिए । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास तथा पानीको फोहरा प्रहार गरेका थिए ।

चीन निर्मित बन्दरगाहको विरोध गरिरहेका प्रदर्शनकारीहरुले सरकारले उक्त इलाकालाई चीनको उपनिवेशमा बदल्न खोजेको आरोप लगाएको छ ।

चीनलाई ९९ बर्षका लागि उक्त जमिन लिजमा दिएको र त्यहाँका स्थानियलाई नयाँ स्थानमा जमिन उपलब्ध गराइने सरकारले जानकारी दिएकोछ ।

चीनको यो लगानी उसको मध्यपुर्वको समृद्ध बजार र त्यसपछि युरोपसम्म समुद्री सिल्क रोड स्थापित गर्ने महत्वाकांक्षी योजनाको हिस्सा भएको स्थानिय संवाददातालै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्