अर्घाखाँची ओपीसी सिमेन्टद्वारा निर्माणकर्मीसँग छलफल



काठमाडौं, (नेस)
अर्घाखाँची ओपीसी सिमेन्ट प्रालिले बागलुङ, पर्वत, म्याग्दीका इन्जिनियर, अधिकृत बिक्रेता तथा निर्माण व्यवसायीेसँग भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराईले सहभागी सबैलाई अर्घाखाँची सिमेन्टको गुणस्तर र उत्पादन प्रक्रियाको विषयमा जानकारी गराउनु साथै अर्घाखाँची सिमेन्ट नेपालमा उत्पादन हुने ओपीसी सिमेन्टमध्येकै उच्च कम्प्रेसिभ स्ट्रेन्थ सिमेन्ट भएको दाबी गर्नुभएको थियो ।

उक्त विषेश भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एन्ड मार्केटिङ मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टको बजारीकरण अझै तीव्र रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । साथै उक्त क्षेत्रका एरिया सेल्स मेनेजर दीपेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्