ग्लोबल आईएमई बैंकद्वारा वित्तीय साक्षरताका निम्ति प्रभातफेरी



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले १०औं वर्ष पूरा गरि ११औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘बचत गरौं’ भन्ने नाराका साथ काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि शुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर अस्पताल, जमल हुँदै पुनः कान्तिपथ शाखामा नै पुगेर समापन भएको थियो ।

बैंकले १०औं वार्षिकोत्सवको अवसरमा स्थापनाकालदेखि बैंकमा कार्यरत आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि बैंकमा कार्यरत ३२ जना कर्मचारीलाई सम्मान गर्नुभएको हो ।
त्यस्तै वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगलागी तथा अति प्रज्वलनशील पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीलाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको छ भने वार्षिकोत्सवकै अवसरमा काठमाडौंको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको थियो । यसअघि रक्तदान र निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको पनि आयोजना गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्