शीर्षक र मापसे



बन्चरो प्रहरीबाट मृत्युःललितपुर, २३ पुस धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–४ बस्ने २७ बर्षीय मुराहरी सिलवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयलेपनि कहिलेकाहिं रमाइलो समाचार पठाउने गर्दछ । शनिबार माथिको शीर्षकवाला समाचार पठायो । माथिको शीर्षकमा प्रहरीबाट बन्चरोको मृत्यु जस्तो पनि देखिन्छ । बन्चरो नाम गरेको प्रहरीबाट कसैको मृत्यु भएको जस्तो पनि देखिन्छ । खास कुरा चाहिं के रहेछ भने बन्चरो प्रहार गरेर कसैको मृत्यु भएपछि प्रहरीले बन्चरो प्रहार गर्नेलाई पक्रिएको रहेको छ ।

प्रहरीको समाचार कक्षका साथीहरुले हिजो शनिबारको दिन मापसे गरेछन् कि के हो भनेर धरहरा वरपर धेरैले चर्चा गरेको पाइयो । त्यो त खोई के हो धरहराले पनि चाल पाएन । हुनत घोडा चढ्ने नै कहिलेकाहिं लड्ने हो । तर ,शीर्षक राखेको अवस्था भने ठीक थिएन कि भन्ने यसलाई पनि लागेको छ । आगे यहाँहरुकै मर्जी । कि कसो पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्