शिक्षाका लागि खाद्य कार्यक्रमः जाजरकोटमा वितरण गरेको दिवा खाजा गुणस्तरहिन



(दिपेन्द्र शर्मा)/जाजरकोट ।

जाजरकोट जिल्लामा  शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीका लागी दिएको दिवा खाजा  पौष्टिक आहार गुणस्तरहिन भेटिएको छ । जिल्लाका विभिन्न विद्यालयमा वितरण गरेको पौष्टिक आहार तितो भएर विद्यार्थीले खाना लायक नभएपछि  खान छाडेका छन ।

१८ गाविसका प्रावि तथा निमाविमा अध्ययनरत ३४ हजार विद्यार्थी लाई  वितरण गरिएको पौष्टिक आहार तीतो भएपछि खान छोडेको हिमालय  प्रावी खगेनकोट मंसिरी जाजरकोटका वालशिक्षका शिक्षीका मनिशा सिहले वताइन ।  तितो भएको पौष्टिक आहार पकाएर खादा पनि तितो भए पछि विद्यार्थीहरुले खाना छाडेको शिक्षीका सिंहको भनाई छ ।

पौष्टिक आहार खाए पछि विद्यार्थीहरुले वान्ता गरेकोले पौष्टिक आहार गुणस्तरहिन भएको शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटमा जानकारी गराउदा पनि कुनै सुनवाई नभएको विद्यालयले जनाएको छ  ।

शिक्षाका लागि खाद्य कार्यक्रम द्धारा वितरित पौष्टिक आहार तितो भएको गुनासो आए पछि आफुले खादा पनि तितो भएको पत्रकार हेमन्त केसीले वताए । दिवा खाजा पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले पेट दुख्ने वान्ता हुने गरेको वताउने गरेको पत्रकार केसीले वताए ।

जिल्लाको आट वटा गोदाम वाट वितरण गरिएको पौष्टिक आहारमा कतै पनि समस्या नभएको रविन्द्र सिह भण्डारीले दावी गरेका छन । जिल्लाका २६ वटा विद्यालयका खाजा वनाउने मान्छेको तालीम संचालन गर्दा सवैले खादा त्यस्तो नभेटिएको भण्डारीले वताए ।  जिल्लाका २६ वटा वाल विकास केन्द्र, १६६ वटा प्राथमिक विद्यालय, ४६ निम्न माध्यामिक विद्यालय गरि २३१ विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरिएको छ ।

विद्यार्थी हरुका लागी वितरण गरिएको  दिवा खाजा पौष्टिक आहार तितो भएर खाना नमिल्ने गुनासो आए पछि जिल्ला शिक्षा कार्यालय जाजरकोट र शिक्षाका लागि खाद्य कार्यक्रमको जिल्ला इकाई कार्यालय जाजरकाटका प्रतिनिधीहरु लाई सम्बन्धीत विद्यालयमा गएर केभएको हो त्यसका वारेमा यर्थात रिपोर्ट तुरुन्त जानकारी गराउन निर्देशन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम काटमाण्डौका निर्देशक विष्णु वहादुर द्धवारले जानकारी दिए ।

प्रारम्भीक रिपोर्ट पछि त्यसका वारेमा थप अनसन्धान गरिने निर्देशक द्धवारेले वताए।  वितरण गरिएको पौष्टिक आहार तितो छ भन्ने गुनासो आएपछि ३ महिना अगाडी  जिल्ला वाट सेम्पल लिएर शिक्षाका लागि खाद्य कार्यक्रम मार्फत ल्याप टेष्ट गर्दा खाना योग्य छ भने पछि विद्यालयहरुमा खुवाउन थालीएको निर्देशक द्धवारले जानकारी दिए । मिनरल्स वढि हुदा पनि तितो हुने भन्दै विद्यार्थी लाई खुवाउदा कुनै समस्या नहुने उनले वताए । पौष्टिक आहारले नभइ गाँउ घरमा अन्य कुनै कारणले विद्यार्थीलाई  वान्ता गर्ने तथा उनिहरुको पेट दुख्ने हुन सक्ने द्धवारको दावी छ ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटले स्रोत ब्यक्ति योगेन्द्र आरसी, ज्ञानेन्द्र वहादुर सिंह, पौष्टिक आहारका खरिदार जय वहादुर वलि र प्रताप हमाल लाई सम्बन्धीत विद्यालयमो आइतवार  नै पठाईने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्