मोटरसाइकल ठोक्किदा दुईको मृत्यु



काठमाडौं ,(नेस)
काठमाडौं महानगरपालिका–३ महाराजगन्ज नारायणगोपाल चोकस्थित ना ६ ख ३०१२ नम्बरको ट्रक र बा ६९ प ५३७५ नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भई गोगंबु बस्ने १९ वर्षीय मनिष थापा मगर र तनहुँ मिलुङ घर भई गोगंबु बस्ने १९ वर्षीया युनिका गुरुङ घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा उपचारको क्रममा युनिका गुरुङको मृत्यु भएको छ।

यस्तै ललितपुरको कार्यविनायक नगरपालिका–३ भैंसेपाटी वाइवाइ चोकमा बा ८१ प ९३९२ नम्बरको मोटरसाइकलले पैदलयात्री रिलायन्स कोलोनी बस्ने ५३ वर्षीय आत्मराम चन्दलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकाले उपचारका लागि अल्का अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ। मोटरसाइकल चालक वाइवाइ गेट बस्ने १९ वर्षीय चन्दन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्