मानव शरीरमा नयाँ अंग



डब्लिन, (एजेन्सी)
मानव शरीरभित्र एउटा नयाँ अंग थपिएको छ। यो मानव शरीरको ७९औ अंग बनेको छ।आयरल्यान्डको युनिभर्सिटी अफ लिमरिकको एउटा शोधमा पत्ता लागेको नतिजाले यो अंग हाम्रो पाचन प्रणालीको हिस्सा हो। यो अंगलाई मेसेन्टरी नाम दिइएको छ। यसले पेट र आन्द्रालाई जोड्छ।

यसअघि मेसेन्टरी अन्य धेरै भाग मिलेर बनेको हुन्छ भन्ने धारणा थियो। तर युनिभर्सिटी अफ लिमरिकका प्रोफेसर अफ सर्जरी जे केल्भिनका अनुसार यो अलग्ग संरचना हो। कल्भिनले आफ्नो सोधमा आफ्नो यो खोजले धेरै फाइदा हुने बताएका छन्। यसअघि पुग्न नसकेको विज्ञानको ती क्षेत्रमा पनि हामी पुग्न सक्ने उनको निष्कर्ष रहेको छ। रोगलाई नयाँ ढंगबाट हेर्न र बुझ्न सहज हुने उनले बताएका छन्।

उनको यो शोध लान्सेट ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजीमा छापिएको छ। चिकित्सा क्षेत्रसँग जोडिएको किताब ग्रे एनाटोमीले मानव शरीरका अंगको जानकारी अपडेट गर्दै यसमा मेसेन्टरीलाई पनि समावेश गरिसकेको छ।
तर यो अंगमा गहन वैज्ञानिक अनुसन्धान गर्नु आवश्यक छ। यसले वास्तवमा केके काम गर्छ भन्ने विषयमा स्वास्थ्यकर्मी परिचित हुनुपर्छ। प्रोफेसर केल्भिनले भने– ‘हामीले यो अंगको रचना विज्ञान र आकार पत्ता लगाएका छौं। अब हामीले यसको काम केहो पत्ता लगाउनुपर्नेछ।’

उनका अनुसार अब मानवको अन्य अंग र तन्तुको जस्तै यसको विषयमा पनि शोधखोज हुनपर्छ। यो अंग अब कोलोरेक्टल क्यान्सर, इन्फ्लेमेटरी बाउल सिन्ड्रोम जस्ता पेटसँग सम्बन्धित रोग, डायबिटिज र मोटापना समस्याका विषयमा बुझ्न र ती रोगको सही निदानका लागि महत्त्वपूर्ण भूमिका निभाउन सहयोगी हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्