प्रमको अलमल



धेरै समय अघिदेखि धराहराले नबुझेको कुरा राज्य पुनर्संरचनाको विषय हो। अहिले धेरै समयपछि आएर बल्ल प्रधानमन्त्रीले प्रतिवेदन बुझेका छन्। यहाँ एउटा अन्योल छाएको विषय के हो भने प्रधामन्त्रीले यो प्रतिवेदन बुझ्न किन आनाकानी गरेका थिए? के कारणले नबुझेका हुन् त्यो थाहा भएन तर प्रतिवेदन बुझ्न चै धेरै ढिला गरिएको पक्कै हो।

प्रतिवेदन महाभारतको पुस्तकझैं मोटो लागेका प्रधानमन्त्रीलाई यो स्वीकार्न पनि उत्ति नै गाह्रो भएको अनुभूति धराहरालाई भएको छ। प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझेपछि यस बारेमा थप अध्ययनका लागि विभिन्न समिति हुँदै मन्त्रिपरिषद्को वैठकमा पेस गर्ने बताएका छन्।

यहाँ एउटा ठ्याक्कै बुझ्नुपर्ने कुरा के हो भने प्रतिवेदन बुझ्नै यत्रो दिन लगाउनेले फेरि अनेकौं समितिमार्फत मन्त्रिपरिषद् लाने कुराले यो प्रतिवेदन कार्यान्वयन हुनेमा अझै शंका उत्पन्न भएको छ। सरकारले यो के गर्न लागेको र सरकार के चाहन्छ? राज्य पुनर्संरचना भनेपछि किन कमरेड प्रचण्डको दाँतबाट पसिना आउँछ हँ ? धराहरालाई यो अलमलको विषय लागेको छ है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्