लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश



बनेपा, २२ पुस । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ ।

सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्