स्थानीय तह पुनसंरचना प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाउँदै



काठमाडौं, २२ पुस ।
स्थानीय तह पुनसंरचना आयोगले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री समक्ष बुझाउँदै छ । दिउँसो चार बजे आयोगले सो प्रतिबेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको हो ।

विहिबारमात्रै मन्त्रिपरिषदले आयोगले तयार पारेको प्रतिबेदन बुझ्ने निर्णय नै गरेको थियो ।  हाल आयोगले ७५ वटै जिल्लाका गरी करिब ७ सय २० वटा गाउँपालिका र नगरपालिका बन्ने गरी प्रतिवेदन तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्