एमाले सहित ९ दलले राजधानीमा विरोध प्रदर्शन गर्दै



काठमाडौं, २२ पुस ।
नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज शुक्रबार आयोजना गरेको जनप्रदर्शन गर्दै छ । संविधान संशोधन प्रस्तावको विरोधमा गरेको जनप्रदर्शनका लागि कार्यकर्ताहरुले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेका छन् ।

नेकपा माले, मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, परिवार दलले पनि प्रदर्शनमा जुलुस निकालेका छन्। प्रदर्शनीमा जातीय संगठनहरुले आ–आफ्नो झाँकीसहित प्रर्दशन गरिरहेका छन्। भने ट्राफिक जामले यात्रुहरु भने मर्कामा परेका छन् ।
काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्