समाचार प्रभावः विचल्लीमा परेका बालबालिकालाई सहयोग हस्तान्तरण



(दिपेन्द्र शर्मा)/जाजरकोट, २१ पुस ।
बाबुको मृत्युपछि बिचल्ली परेका जाजरकोटका बालबालिकालागी संकलन भएको सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको छ  । पजारु २ धाउनी जाजरकोटका एक परिवारका बालबालिका विचल्लीमा परेपछि उनीहरुलाई सहयोग गर्न विभिन्न व्यक्तिहरुले  गरेको सहयोग संकलनको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

पेटभरि खाना नपाएर छिमेकीको घरमा शरण लिएर बसेका पजारु २ धाउनी जाजरकोटका शर्मिला विकका परिवारलाई २ लाख ७५ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो । शर्मिला आफ्ना ४ भाई–बहिनी  छोरा–छोरी सहित बिचल्लीमा परेकी थिइन् ।

घरको आर्थीक अवस्था निकै कमजोर भएका विकको परिवारको  खाने वस्ने कुनै  कुनै स्रोत पनि छैन ।
सहयोग प्राप्त भएपछि केही समयसम्म विकको परिवारलाई दैनिक छाक टार्न हुने भएकोछ । घरमुली मुने कामीको हृदयघातको कारण मृत्यु भएपछि साहारा बीहिन भई बिचल्ली परेका छन । मुनेको मृत्यु भएपछि श्रीमती शर्मीला कामी र उनका ११ वर्षीय छोरा प्रेम बिक, ८ वर्षीय छोरी निर्मला विक, ६ वर्षीय छोरा कर्ण बिक र डेढ वर्षीया सानी छोरी छोरी टिकासरा बिकको विचल्ली भएको हो ।

घरमुलीको मृत्यपछि वालवालीका विचल्ली भन्ने शिर्षकको समचार नेपाल समचारपत्रमा मंसिर २१ गते प्रकाशित समचार पढेर विभिन्न ब्यक्तिहरुले सहयोग गरेका हुन । आर्थीक अवस्था निकै कमजोर भएको यो परिवारको लागी अमेरिका, मलेसिया, साउदी र काठमाडांैमा वस्ने विभिन्न ब्यक्तिहरुले सहयोग संकलन गरि पीडीतलाई हस्तान्तरण गरेका छन ।

बाबुको मृत्यु भएपछि विद्यालय समेत जान छोडेका पजारुका बालबालिकालाई सहयोग गर्न अभियान संचालन गरेका जिम्मेवार युवा नेपाल काठमाडांैका अध्यक्ष प्रमोद विश्वकर्माको विशेष पहलमा अमेरिका बस्ने अनिल जोशीको विशेष सहयोगमा  १ लाख ५० हजार सहयोग तथा विभिन्न २३ जना ब्यक्तिहरु मार्फत प्राप्त भएको ६० हजार गरि २ लाख १० हजार आफुमार्पmत पीडीत लाई सहयोग गरिएको अभियान्त प्रमोद बिश्वकर्माले बताए । सहयोग वापत प्राप्त रकमवाट  लत्ताकपडा, खाद्य सामाग्रीको खरिद  तथा समाग्री ढुवानीको १ लाख, र नगद १ लाख १० हजार प्रदान गरिएको समाजिक अभियन्ता तथा जिम्मेवार युवा नेपाल समाजिक सँस्थाका अध्यक्ष प्रमोद बिश्वकर्माले वताए ।

आफनो विद्यालयमा अध्ययनरत गरिव तथा विपन्नहरुलाई सहयोग गरि विचल्लीमा परेका लाई उद्धार गरेकोमा सहयोगी हातहरु, अभियान संचालन गर्ने सामाजिक अभियान्ता विश्वकर्मा तथा यो समचार प्रकाशित गर्ने संचार माध्याम नेपाल समचारपत्र तथा सम्प्रेशन  पत्रकारलाई बिद्यालयका प्राध्यापक गणेश नेपालीले धन्यवाद दिए ।  विचल्लीमा परेका बालबालिका समस्यामा गरेको सहयोग समाजकै  नमुना भएको वताउदै आफुले गाँउमा सक्दो सहयोग गर्ने प्राध्यापक नेपालीले बताए ।
सुर्खेतका पत्रकार टेकेन्द्र विकको अगुवाइमा शर्मीलाको परिवारलाई मलेसियामा रहेका नेपाली हरुवाट पनि सहयोग गरिएको छ । जलजला ७ पत्ले वाग्लुङ घर भई हाल मलेसियाको जिएसपिपी कम्पनीमा कार्यरत गनेश विकको पहलमा  जिएसपिपी कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट ५० हजार, मलेसियामा रहेका नरबहादुर सुनारको पहलमा नयाँ नेपाल पार्टीको भातृ संगठन अन्तर्राष्र्टि«य नेपाली समाज मलेसियावाट १० हजार तथा रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष दिपक विकको पहहलमा समाजको तर्फवाट ५ हजार गरि सुर्खेतका पत्रकार टेकेन्द्र विकमार्फत ६५ हजार सहयोग गरेका छन । प्राप्त भएको सहयोग लाई शर्मीलाको परिवार लाई पत्रकार विकले विहिवार हस्तान्तरण गरेका छन ।

१० हजारको न्यानो कपडा तथा ५५ हजार नगद सहयोग प्रदान गरिएको पत्रकार टेकेन्द्र विकले बताए । शर्मिलाको परिवारले समचार प्रकाशित भएपछि २ लाख ७५ हजार रकम सहयोग पाएका छन । यो रकमले शर्मिलाको परिवारलाई राहत महशुश भएको छ । श्रीमानले विगतमा घर खर्चको लागी  गरिबी निबारण सस्थाबाट लिएको ३० हजार तथा गाँउका विभिन्न गाँउलेहरुबाट लिएको  २५ हजार ऋण गरि ५५ हजार रकम यो सहयोग पाए पछि तिरेको शर्मिलाले बताईन ।

प्रतिक्रिया दिनुहोस्