ओम पुरीको निधन



हिन्दीसिनेमाका प्रसिद्ध कलाकार ओमपुरीको आज शुक«बार बिहान हृदयघाटका कारण मुम्बईमानिधनभएको छ । सन् १९७६ मा मराठी फिल्म घासीरामकोतवालबाट करिअर सुरु गरेका पुरीले ३०० भन्दा बढी हिन्दी चलचित्रहरुमा अभिनयगरिसकेका छन् ।

सन् १९५० अक्टोबर १८ माभारतको हरियाणामा जन्मेका ६६ वर्षीय पुरी पद्म श्री विभूषणबाट सम्मानितभइसकेको छ । उनले अभिनय गरेकाचल चित्रहरुमा अर्धसत्य, मिर्च मसला, भवानीभवानीले निक्कै चर्चा पाएकाथिएभने सन् १९८३ माप्रदर्शित ‘जाने भि दो यार’ माउनले गरेको अभिनयले वाहवाहीपाएको थियो ।

दर्जनौं नाटकहरुमा समेत अभिनयगरिसकेका पुरीले हलिउड र पाकिस्तानी चलचित्रहरुमा पनि अभिनय गरेका छन् । उनको निधनको खबर पैmलिने बित्तिक्कै बलिउडका ख्यातिप्राप्त कलाकारहरु उनको अन्तिमदर्शन गर्न जुटिसकेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले पनि बिहानै शोक वक्तव्यजारी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्