नेपालको इजिप्टसँग व्यापारघाटा वर्षेनी बढ्दै



काठमाडौं, (नेस) नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इन्डष्ट्रिजको अध्यक्षमा अखिलकुमार चापागाईं चयन हुनुभएको छ। नेपाल र इजिप्टबीचको व्यापार एवम् आर्थिक विकासमा योगदान पुर्याउने उद्धेश्यले नेपाल–इजिष्ट चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज गठन गरिएको बताइएको छ।

नेपालको इजिप्टसंँगको व्यापारघाटा वर्षेनी बढ्दै गएको छ। सन् २०१६ को पहिलो ६ महिनामा आयात १ अर्ब २८ करोड ८० लाख २७ हजार रुपियाँ हुँदा इजिप्टसंँगको समग्र व्यापारघाटा ९९ करोड ९६ लाख रुपियाँ रहेको छ। नेपाल र इजिप्टबीच कुटनीतिक सम्बन्ध सन् १९५७ मा स्थापित भएको थियो। नेपालबाट चिनी, कन्फेक्सनरी, कार्पेट, मफ्लर, स्काफ ऊनी सललगायतका सामग्री निकासि हुने गरेको छ। इजिप्टबाट क्रुड, पेटोलियम, भिडियो, वायर लगायतका सामान आयत हुने गरेको छ।

चेम्बर शुभारम्भका क्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले पछिल्लोपटक अन्तर्राष्ट्रिय मुलुकहरूसँग भइराखेको दुई देशीय चेम्बर गठन प्रक्रियाले नेपाल र अन्यमुलुकसँगको व्यावसायिक भ्रमण आदान प्रदानदेखि वैदेशिक लागानी भित्र्याउने सवालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। अफ्रिकाको सबैभन्दा ठूलो आर्थिक समुन्नत राष्ट्र इजिप्टसँग द्विराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैंमा गर्वको विषय बनेको नवगठित संस्थाका अध्यक्ष चापागार्इंले बताउनुभयो।

कार्यक्रममा नेपालको लागि इजिप्टका राजदूत बहरनबिल एम्डेल फत हेल्माइले समेत नेपाल र इजिप्टबीचको सम्बन्धको बारेमा प्रकाश पार्नुृ भएको थियो। नवगठित कार्यसमितिमा अध्यक्ष अखिलकुमार चापागाइंर्, उपाध्यक्षहरूमा अनोज रिमाल, चाङ् अग्रवाल ,महासचिवमा उमेश रायमाझी, कोषाध्यक्ष जयन्द्र चुडाल, सचिवमा जोत्सना श्रेष्ठ, शोभा ज्ञवाली रहनु भएको छ। त्यस्तै सदस्यहरूमा अनुजमणि तिमल्सिना, विनय उपाध्याय ,खगेन्द्र सिटौला, जीवन भण्डारी, मीनमान श्रेष्ठ र पवन अग्रवाल रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस्