संवैधानिक अदालतमा पार्कको महाअभियोग मुद्दा शुरू



सोल, (एजेन्सी)
दक्षिण कोरियाको संवैधानिक अदालतमा बिहीबार राष्ट्रपति पार्क गेयुन ≈येको अनुपस्थितिमा उनी विरुद्धको महाभियोग मुद्दासम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ। गत महिना संसद्मा विधायकहरूले भ्रष्टाचारको अभियोगमा किम विरुद्ध महाभियोग लगाउन मतदान गरेका थिए। अब संवैधानिक अदालतले या त संसद्को निर्णयलाई सदर या बदर गर्नेछ।

यस मुद्दामाथि मंगलबारको पहिलो सुनुवाइ पार्क अदालतमा हाजिर हुन असमर्थ रहेको कारण स्थगित गरिएको थियो। उक्त भ्रष्टाचार काण्डका कारण लाखौं कोरियाली जनता सडकमा ओर्लेर पार्कको तत्काल राजीनामा माग गरेका थिए। पार्ककी अनन्य मित्र चोइ सुन सिलले पार्कको अधिकार र शक्तिको दु्रूपयोग गरेर आफूले सञ्चालन गर्दै आएका गैरआयमूलक संस्थाका लागि दक्षिण कोरियाका ठूला–ठूला व्यापारिक कम्पनीहरूबाट अवैध ढंगले अर्थ संकलन गरेकी थिइन्।

यसअघि नै पार्कका वकिलहरूले विशेष परिस्थितिमा बाहेक उनी कानुनी रूपमा अदालतमा उपस्थित नहुने बताएको सरकारी समाचार निकाय योन्हापले जनाएको छ। पार्कलाई चोइलाई सरकारी निर्णय गर्ने अधिकार दिएको अभियोग लगाइएको छ। यी दुवै महिलाले सार्वजनिक रूपमा आफ्ना कार्यप्रति माफी मागे पनि अपराध गरेको भने अस्वीकार गरेका थिए।

यसैबीच डेनमार्कस्थित एकजना न्यायाधीशले पटक–पटक सम्झाउँदा पनि अटेर गरी अदालत कक्षमा चोइककी छोरी चुंग यु–राको तस्वीर खिच्ने दक्षिण कोरियाली पत्रकारहरूलाई कानुनी कारवाही अघि बढाउने बारे सोचिरहेको एसोसियटेड प्रेसलाई बताएका छन्। डेनमार्कमा भिसाको म्याद नाघि सक्दा पनि अवैध ढंगले बसोबास गरिरहेको आरोपमा चुंगलाई प्रहरीले गिरफ्तार गरेको थियो। दक्षिण कोरियाली सरकारले चुंगको सुपुर्दगीका लागि पहल भइरहेको जनाएको छ।

चुंग पूर्वराष्ट्रिय घोडचढी खेलाडी पनि हुन्। चोइको छोरी चुंगको तालिमका लागि दक्षिण कोरियाली कम्पनी सामसुङले एउटा घोडा उपहार दिएको र चोइकै प्रभावमा राजधानी सोलस्थित प्रतिष्ठित एब्हा विमिन्स युनिभर्सिटीमा स्थान दिइएको विषयमा पनि अनुसन्धान भइरहेको छ। पार्कको महाभियोग मुद्दा संवैधानिक अदालतमा नौ जना न्यायाधीशले हेरिरहेका छन्। राष्धिट्रय सभामा भएको निर्णय सदर गर्ने वा उल्टाउनेबारे निर्णय गर्न तिनीहरूसँग १ सय ८० दिन रहेको छ।

पार्क अझै पनि आधिकारिक राष्ट्रपति रहे पनि उनको अधिकांश अधिकार प्रधानमन्त्रीले प्रयोग गर्दैै आएका छन्। त्यसैबीच पार्कलाई राजनीतिक समस्यामा पार्ने चोइ विरुद्धको मद्दा पनि शुरू भएको छ। उनी विरुद्ध पार्कको अधिकारको दुरूपयोग र धोखाघडी गरेको अभियोग लगाइएको छ। दक्षिण कोरियाका अन्य राष्ट्रपतिहरू पनि विगतमा विभिन्न भ्रष्टाचारका मुद्दामा फस्ने गरेको इतिहास रहेको छ।

प्रतिक्रिया दिनुहोस्