एक सातादेखि हराए आमाछोरी



हेटौंडा, (नेस)
मकवानपुरको पालुङ ओखरबजारकी एक महिला छोरीसहित एक सातादेखि हराइरहेकी छन्। ओखरबजारबाट काठमाडौं जान हिँडेकी मंगलदेवी प्रधान हराएकी हुन्।
बोल्न नसक्ने करिब ४७ वर्षकी प्रधान छोरीलाई दहीचिउरा खुवाउन काठमाडौंको मातातीर्थ जान बस चढेकी थिइन्। यात्रुका अनुसार प्रधान नागढुंगामा ओर्लिएकी थिइन्। महिलाको साथमा सानी छोरी रहेको परिवारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्