एपीएफको फाइनलमा भेट झापासँग



बिर्तामोड, (नेस)
सशस्त्र प्रहरीको विभागीय टीम एपीएफ आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा पराजित गर्दै झापामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनल पुगेको छ।

बिहीबारको अन्तिम सेमिफाइनलमा आयोजकलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले शनिबार हुने फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रमपम झापा ११ सँग भेट पक्का गरेको हो। गत महिना झापामै भएको सहारा सुरु·ा गोल्डकपमा टाइब्रेकरबाटै उपाधि रक्षा गरेको एपीएफले काँकरभिट्टा गोल्डकपको उपाधि नजिक पुग्न पनि टाइब्रेकरकै सहारा लियो।

निर्धारित समयमा दुवै टीमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको हो। आयोजकका निशान्त लिम्बूले खेलको ४२औँ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएको खुसी धेरैबेर टिकेन। ४४औँ मिनेटमा एपीएफका रमेश दंगालले हेडमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याए।

प्रतिक्रिया दिनुहोस्