बलिउड अभिनेता ओम पुरीको निधन



काठमाडौं, (नेस)। बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षको उमेरमा शुक्रबार विहान हृदयघातका कारण निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

सन् १९७६ मा मराठी चलचित्रबाट अभिनय सुरु गरेका उनी सन् १९५० अक्टोबर १८ मा जम्निएका हुन् । उनले हलिउडदेखि बलिउड गरी जम्मा ३ सयभन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । पुरीको शवलाई अन्तिम श्रद्धाञ्जलीकालागि अन्धेरीस्थित उनको निजि निवासमा राखिएको छ ।

बलिउड मूलधारका अभिनेता पुरीले पाकिस्तानी, बेलायती तथा हलिउडमा समेत अभिनय गरेका थिए। भारतको प्रख्यात पुरस्कार पदमश्रीसमेत पाएका उनको अभिनयका करोडौं फ्यान छन्। उनका भवानी भवानी, सदगती, अर्धसत्य, मिर्चमसला, धरावी आदि चलचित्र अझै दर्शकको मानसपटलमा घुमिरहेको छ।

प्रतिक्रिया दिनुहोस्