प्रतिभा उजागर गर्न १ लाख ११ हजार पुरस्कारकोे राईजिङ स्टार सांगीतिक कार्यक्रम



बुटवल,२१ पुस ।
बुटवलमा संचालित सामुदायिक टेलिभिजन लुम्बिनीले लोक सभ्यता, सांस्कृतिक पहिचान र स्थानीय गायन क्षेत्रका कलाकारहरुको प्रतिभा उजागर गराउने उद्देश्यले राईजिङ स्टार नामक सांगेतिक कार्यक्रम गर्ने भएको छ ।

प्राचिन कला र संस्कृतीको अनुपम नमुना रहेको नेपालमा पछिल्लो समय नेपाली संस्कृतीकला र सांस्कृतीक स्वाभीमान माथि पश्चिमा छाडा संस्कृतीले अतिक्रमण गरेको गुनासो बढिरहेको बेला टेलिभिजनले लोक सभ्यता र संस्कृतिको संरक्षणको लागि यसप्रकारको कार्यक्रम आयोजना गरेको जनाएको छ ।

विहीबार पत्रकार सम्मेलन गरी टेलिभिजनले यो कार्यक्रमले गायन क्षेत्रका कलाकारहरुलाई प्रेरीत गर्दै यस क्षेत्रका बासिन्दालाई सांस्कृितक अभियानमा एकताका साथ लाग्न अभिपे्ररित गर्ने दावी गरेको छ ।

पत्रकार सम्मेलनमा टेलिभिजनका अध्यक्ष एजाज आलमले यो कार्यक्रमले स्वस्थ मनोरन्जन प्रदान गर्नुका साथै बिभिन्न भाषाभाषीका बिचमा सुमधुर सम्बन्ध स्थापीत गराई स्वस्थ प्रतिस्पर्धाबाट कलाकारहरुको क्षमता बिकासमा सहयोग गर्ने दावी गर्नुभयो । उहांले कार्यक्रमको माध्यमबाट कलाकारहरुका बिच आपसी सद्भाव र मित्रताको भावना बिकास गराउंदै नव प्रतिभाहरुका लागि पहिचान गरी अवसर प्रदान गर्ने बताउनुभयो ।

फाल्गुनको पहिलो साताबाट सञ्चालन हुने उक्त प्रतियोगिता ६ महिनासम्म निरन्तर चल्ने छ । कुल २५ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा उत्कृष्ट हुने प्रतिभाले एकलाख ११ हजार १ सय ११, द्धितियले ५५ हजार ५ सय ५५ र तृतियले ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रारम्भिक चरणमा छनोट गरिएका १ सय २० जनाबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी र राष्ट्रिय स्तरका कलाकार सहित लुम्बिनी अञ्चलका बिभिन्न शहर तथा बजारहरुमा गायन यात्रा चलाईने टेलिभिजनले जनाएको छ ।

टेलिभिजनका महासचिव दिनेश पाण्डेले टेलिभजनले हाम्रो चाहना लोक संस्कृतीको जर्गेना भन्ने अभियानका साथ यसअघि पनि नौमति बाजा महोत्सव, लोकनृत्य प्रतियोगिता, नांचौ र प्रतिभाका आवाज जस्ता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो । त्यसैगरी नेपालको कला र सांस्कृतिक अभियानमा अमुल्य योगदान पु¥याउदै आउनु भएका कलाकारहरु लक्ष्मी न्यौपाने, बिमा कुमारी दुरा, शर्मिला गुरुङ, स्व.महेश पाल्पाली, सुरेश सेन्चुरी जस्ता प्रतिभालाई सम्मान समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्