समाजवादको विकास विद्युत विना सम्भव छैनः उर्जामन्त्री शर्मा



काठमाडौं, (नेस) ।
समाजवादको विकास विद्युत विना सम्भव नरहेको उर्जा मन्त्री जनार्दन शर्माले बताउनु भयो । पुनर्निर्माणमा सामुदायिक संस्थाहरुको भूमिका दिगो ग्रामिण राष्र्टि«य कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले यस्तो भन्नु भएको हो ।

कार्यक्रममा मन्त्री शर्माले अरु विकास सम्भव नभएकोले सबै सम्बद्ध निकाय मिलेर अगाडि बढ्नु पर्नेमा उर्जा मन्त्री जनार्दन शर्माले जोड दिनुभएको छ ।

उहाँका अनुसार अहिले पनि ३५ देखि ४० प्रतिशत जनता केन्द्रीय प्रसारणबाट टाढा रहेका छन् । नीतिगत रुपमा नै कार्ययोजना बनाएर विद्युतको पहुँचबाट रहेका समुदायलाई तीब्रगतिमा बितरण गरी बितरित विद्युतलाई पनि सहि ढंगमा समुदायसम्म पुर्याउन पहल गरिरहेको उहाँले बताउनु भयो ।

त्यस्तै पुनर्निर्माण प्राधिकरणका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पुनर्निर्माणको काम ढिलाई नभएको स्पष्ट पार्दै स्थानिय जनसमुदायको परिचालनबाट नै पुनर्निर्माण सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्