९० केजी गाजा सहित ट्रक पक्राउ



बारा, (नेस) ।
इलाका प्रहरी कार्यालय निजगढको गस्ति टोलीले मंगलबार राति ९१ किलोग्राम गाज सहित ट्रक र एउटा मोटरसाइकल पक्राउ गरेको छ ।

प्रहरीले मकवानुपरको चुनियाबाट गाजा बोकेर महोत्तरीतर्फ जादै गरेको आवस्थामा ना.३ ख ८६६ नम्बरको ट्रक र स्कटिडमा रहेको भनिएको ना ३४ प ६९३७ नम्बरको पल्सर मोटरसाइकल राति १० बजे निजगढबाट नियन्त्रणमा लिएको हो । प्रहरीले हेटौडा उपमहानगरपालिका २९ बसामाढीबाट घर भएका ४३ बर्षिय टक चालक धनबहादुर लोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको र मोटरसाइकल चालक फरार भने रहेको जनाएको छ ।

प्रहरी नायव निरीक्षक नन्दकिशोर सिंहका अनुसार चेकजाचको क्रममा निजगढ पश्चिमको रतनपुरी जंगलबाट मोटरसाइकल स्कटिडमा आएको ट्रक खानतलासी गर्दा सो गाजा फेला परेको जानकारी दिए । उनले चालकको क्याबिनभित्र हुटको तल्लो भागमा फोल्डरभित्र ७ केजीको प्याकेट बनाएर राखेको अवस्थामा गाजा बरामद गरिएको जानकारी दिए । गस्तिमा रहेको प्रहरीले जंगलबाट शंकास्पद अवस्थामा निस्किएको देखिएपछि ट्क र मोटरसाइकलको पिछा शुरु गरेको थियो ।

प्रहरीका अनुसार मकवानपुर  र तराईका तस्करीहरुले पछिल्लो समय बाराको रतनपुरीको गाजाको टान्जिट पाइन्टको रुपमा प्रयोग गर्दै आएका छन । चुनियाबाट हेटौडा हुदै तस्करी भइरहेको सो गाजा बोकेको ट्क पनि त्रिभुवन राजपथबाट पथलैया पुग्नु ७ किमी उत्तर अमलेखगंजबाट पुर्वतर्फको कच्ची सडक प्रयोग गरेर रतनपुरीको जंगल हुदै निजगढस्थित पुर्वपश्चिम राजमार्गमा निस्किएर महोत्तरी पुग्ने रुटको प्रयोग गरेको पाइएको नायव निरीक्षक सिंहले जानकारी दिए ।

त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगम स्थल पथलैयामा सशस्त्र प्रहरीको रुद्र बाहिनी गण, मध्य क्षेत्रीय टफिक कार्यालय लगायत नेपाल प्रहरीको एउटा चौकी समेत रहेका हुदा सुरक्षा निगरानीबाट जोगिन तस्करहरुले  केही समययता रतनपुरीका कच्ची र जंगली बाटो प्रयोग गर्न थालेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्