फरार अभियुक्तहरु धमाधम खोरमा



हेटौंडा,(नेस)। विभिन्न अपराधमा अदालतले सजाय सुनाएर फरार रहेका २० जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

मंसिर १३ बाट जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) वसन्तकुमार लामाले लागुऔषध सहित २७ जना, कर्तव्य ज्यानका २ जना, चोरीमा १० जना, जुवाडे ४२ जना, जबर्जस्ती करणी अभियोगमा एक जनासहित एक सय ४० जनालाई पक्राउ गरिएको बताएका छन् ।

एसपी लामाले अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता कमी नहुने बताए । एक महिनामा दुईसय ६९ बिगाह गा“जा, ३४ बिगाहा अफिम फ“डानी गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंसिर १७ गतेबाट पुस १८ गतेसम्म अवधिमा लागुऔषध न्यूनीकरण अभियानअन्र्तगत् हेटौंडा–२७ मा २५ बिगाह, भार्ता गाविसमा ३० कठ्ठा, डाँडाखर्कमा १५ रोपनी, का“कडामा ६८ बिगाह, राक्सिराङमा एकसय २५ बिगाहालगायत गाविसमा गरी दुईसय ६९ बिगाहा गा“जा तथा ३४ बिगाहा अफिम नष्ट गरेको उनले बताए ।

पछिल्लो एक महिना अवधिमा एकसय ४० जना पक्राउ परेका छन् । ८५ जनालाई कारबाही गरिएको एसपी लामाले जानकारी दिए । पक्राउ परेकामध्ये १ सय ३६ पुरुष तथा ४ महिला रहेको र कारबाहीमा परेका ८१ जना पुरुष र चार महिला रहेको उनले जनाए । प्रहरीले लागुऔषध कारोबारी, जबर्जस्ती करणी, चोरी र कर्तव्य ज्यानलगायत शीर्षकमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्