महोत्सवमा एक करोड एकलाख रकम संकलन



हेटौंडा,(नेस) । उत्तरी मकवानपुरको बज्रबाराहीमा जारी शैक्षिक तथा धार्मिक महोत्सवमा सहयोग गर्नेहरुको भिड लागेको छ । पुस १५ गतेदेखि सुरु महोत्सवमा चन्दा सहयोग गर्नेहरुबीच प्रतिस्पर्धा देखिएको हो । महोत्सवमा एक करोड एकलाख रुपियाँ संकलन भएको जनाइएको छ ।

यसका अतिरिक्त ५ रोपनी १३ आना जग्गा प्राप्त भएको आयोजकले जनाएको छ । महोत्सवको पाँचौ दिन ६५ लाख संकलन भएको आयोजकले जनाएको छ । बज्रबाराही उच्च माविलाई मुलुकको नमूना विद्यालयका रुपमा स्थापित गराउन आयोजित महोत्सव २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवबाट ५ करोड रुपियाँ संकलन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्