बोलेरो दुर्घटनामा परी १ को मृत्यु, ५ घाईते



काभ्रे, (नेस) ।
गएराति काभ्रेको सरमथली ८ मा भएको बोलेरो दुर्घटनामा परी एकको मृत्यु भएको छ भने पाँच जना घाईते भएको छ । बा १६ च ८०९१ नम्बरको महिन्द्रा बोलेरो चोखावेशीबाट पचुवारघाटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सरमथली ८ बस्ने ३८ वर्षिय कामिसिंह तामाङ रहेको बताइएको छ ।  चालक सहित अन्य ५ जना घाईतेहरुलाई भने धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरिक्षक नविनराज राईले बताउनुभयो ।

घाईतेहरुमा चालक पर्मराज बम्जन, त्यस्तै सार्कीमान तामाङ, संग्राम तामाङ, सन्तोष तामाङ र सन्देश तामाङ छन् । दुर्घटनामा परेका चालक सहित सबै जना सरमथली ८ कै रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्