नयाँ वर्षको कार्यक्रममा बैंगलोरमा महिलाहरू माथि दुव्र्यवहार



नयाँदिल्ली , (एजेन्सी)
भारतिय प्रहरीले बैंगलोरमा हालै नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा थुप्रै महिलामाथि यौन दुव्र्यवहार भएको विश्वसनिय प्रमाण प्राप्त भएको बुधवार जनाएको छ। थुप्रै युवतीहरूले आफुहरूलाई पुरुषहरूको भिडले शरिरका स्रवेदनशिल अंगहरू समातेको गुनासो गरेको प्रहरीले जनाएको छ।

तर प्रहरीले अहिले सम्म कुनै पनि पिडितले औपचारिक रूपमा उजुरी नगरेको पनि बताएको छ। बजार व्यवस्थापन पेशामा संलग्न पुजा नामकी एक महिलाले घटनाबार ेविविसिलाई बताएकी छिन् , ‘ ३१ डिसेम्वरमा हामीले महात्मा गान्धी ( एमजि ) रोड स्थित एउटा वारमा जाने निर्णय गर्यौं।

साढे एघार बजे फोन गर्न बाहिर निस्केकाबेला सबै शान्त र सुनासान थियो। साढे बाह« बजे तिर मलाई पिकअप गर्न आउन लागेका साथीको फोन आयो। उनले प्रहरीले बाटोमा अवरोध खडा गरेकाले आफुले शंकरनाथ थियटरमा मोटरसाइकल पार्क गरेको बताए।

उनले उतैतिर हिंडदै आउन र आफु पनि मलाई लिन आउँद ैगरेकाले बिच बाटैमा भेट्ने सल्लाह दिए। म ब्रिगेड रोडतर्फ हिंड्न थाले। मैले मानिसहरू मति दौडिंदै आएको देखे। तिनीहरूले केहि गर्ला भनी मैले सोचेकै थिइन। त्यतिन्जेल सम्म मैले बैंगलोर सुरक्षित ठानिरहेको थिएं।

सो भिडले मलाई छुन , समाउन , अँगालो मार्न र घचेड्न थालेपछि भने म स्तब्ध भएं। मलाई मात्र हैन सो भिडले अन्य पन सबै केटिहरू माथि त्यस्तै व्यवहार गर्न थाल्यो। सबै डरले थुरुथुरु काँपिरहेका थिए। अचानक कसैले धक्का दिएपछि म भुँइमा लडें।

कसैले मलाई उठाउने कोशिश गरेनन्। केटिहरूको एक समुह आएर मलाई सहयोग गर्यो। तिनीहरूका केटा साथीहरूले लश्करै उभिएर तिनीहरूलाई सुरक्षा दिए। मैले तिनीहरूसंग हिंड्न थालें। अझै बाटोमा यताउता छुन खोज्ने आवाराहरू थिए। यहि मान्छेले छोए भन्ने थाहा पाउने स्थिती नै थिएन। मुन्टो फर्काउना साथ झ्यापझुप समाइ हाल्थे।

ब्रिगेड रोडमा प्रहरीबाट लाठी चार्ज भइरहेकाले मानिसहरू चारै दिशामा भागाभाग गरिरहेका थिए। आफुलाई निकै लाचार महशुस गरिरहें। प्रतिरक्षामा मैले हात खुटा पनि चलाउन सकिन। साथीहरू भेटेपछि तिनीहरूले आक्रमणकारी कहाँबाट आए र कतै तिनीहरू सुकुम्वासी क्षेत्रबाट त आएका हैनन् भनी सोधखोज गरे। मसंग कुनै उत्तर थिएन।

प्रति व्यक्ति ६ देखि ७ हजार भारु तिरेर छिरेको पवमा पनि त्यहि हाल थियो। त्यहाँ भएका मानिसहरू अशिक्षित त थिएनन्। तिनीहरूले कुनै पनि केटि माथि दुव्र्यवहार गर्नु अघि सोच्नु पथ्र्यो। तिनीहरूको नाम र अनुहार थाहा थिएन। प्रहरीमा गएपनि जो विरुद्ध उजुरी गर्नु छ त्यसको परिचय त सोधि हाल्थ्यो। ‘ सम्पुर्ण दुव्र्यवहाबाट पिडित महिलाको आवाजको प्रतिनिधी गर्दै पुजाले यस्तो समस्याको समाधानका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनु पर्ने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्