कालो झण्डा सहित प्रर्दशन



गुल्मी ,(नेस) । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा बुधवार कालो झण्डा सहित प्रर्दशन गरिएको छ । सरकारले संशोधन प्रस्ताव फिर्ता गराउन दवाव दिन भन्दै संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा जिल्ला प्रशासन अगाडी दिउसो १ देखि २ बजे सम्म धर्ना सगै नागरिकहरुले हातमा कालो झण्डा लिएर नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।
संघर्ष समितिको विरोध कार्यक्रम अन्र्तगत आन्दोलनको ३६ औं दिनमा नारावाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडी कालो झण्डा देखाउँदै ‘सिमांकन हेरफेर गर्न पाइँदैन, ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर जस्ता नाराहरु लगाउँदै प्रर्दशन गरेका थिए ।
विरोध कार्यक्रममा प्रर्दशन पछि कोणसभामा बोल्ने नेताहरुले सरकारले सिमाङकन हेरफेरको प्रस्ताव अगाडी वढाए आन्दोलनका कार्यक्रमहरु पनि थप शसक्त रुपमा अगाडी बढने बताए । उनीहरुले जनताको भावना बिपरित ल्याइएको प्रस्ताव अबिलम्ब फिर्ता लिएरअगाडी बढन सरकारलाई आग्रह गरेका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धतामा चरण बद्ध आन्दोलन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्