उपत्यका बन्द: जनजीवनमा आंशिक प्रभाव



काठमाडौं, (नेस) ।

उपत्यका बन्दले काठमाडौं उपत्यकाको जनजीवन आंशिक रुपमा प्रभावित बनेको छ । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवन आंशिक रुपमा प्रभावित बनेको हो ।

सडकमा घर परेको जग्गाको मुअब्जा दिनुपर्ने, विस्थापितलाई स्थापित गर्नुपर्ने लगायतका विभिन्न १० वटा माग राखेर संघर्ष समितिले उपत्यका बन्द आब्हान गरेको हो। विभिन्न स्थानका २४ वटा संघर्ष समिति मिलेर उनीहरुले बन्द आब्हान गरेका हुन्।बन्द भनेपछि विहानदैखि यातायतका साधन चलेनन। सहरको भित्री भाग तथा रिङरोडमा फाट्टफुट्ट रुपमा निजी सवारी तथा ट्याक्सी भने चलेको छ ।

साझा यातायातले भने निर्वाध सेवा दिईरहेको छ । त्यस्तै आज विहानै बन्द गराउँदै हिँडेका २३ जनालाई काठमाडौंबाट र ६ जनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकाबासीका आफ्ना पुख्र्यौली थातथलो घर जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिइ उठिबास लगाउने कार्यको विरोध स्वरुप बन्द आब्हान गरिएको संघष समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्