गोली प्रहार गरी लुटपाट



मोरङ, १९ पुस ।
बिराटनगर उपमहानगरपालिका–१९ पिपलचोक का ४० वर्षीय बटेस साहलाई सोमबार लुटेराहरुले गोली प्रहार गरी नगद ५ लाख रुपैयाँ रहेको व्याग लुटी  फरार भएका छन ।

बिराटनगर– २१ मा रहेको कृतेश मनि चेन्जरका संचालक बटेस साह रानीबाट बिराटनगर तर्फ जाँदै गरेको अवस्थामा नम्वर नखुलेको २ वटा मोटरसाइकलमा आएका अपरिचित ४ जनाको समूहले गोली प्रहार गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाइएको छ ।

साहको दाँया तिघ्रा र दाँया पाखुरामा गोली लागेको छ । साहको उपचारका लागी कोशी अञ्चल अस्पताल विराटनगर पठाएकोमा थप उपचारको लागी धरान घोपा पठाइएको छ । लुटेराहरुको प्रहरीले खोजतलास गरी आवश्यक अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्