पूर्व जनमुक्ति सेना दम्पत्तीले लिएनन् सुत्केरी भत्ता: बाँडे फलफूल



(ललित सिहं)/बजाङ, १९पुस ।

छोरा जन्मे भोज भत्तेर गर्ने र छोरी जन्मे दुखेसो गर्ने यहाँको रुढिवादी परम्परालाई चुनौती दिंदै सुत्केरीलाई दिएको भत्ता आफूले नलिई यहाँको एक दलित जोडिले अस्पतालका बिरामीलाई फलफूल बितरण गरेका छन ।

परिवारमा पहिलो सन्तान छोरी जन्मेको भन्दै कैलाश गाबिसका ५ का श्याम नेपाली र अनिता दर्जीको जोडीले राज्यले दिएको सुत्केरी भत्ता आफूले नलिई अस्पतालका बिरामीलाई फलफूल बितरण गरेका हुन् ।

आफूले पहिलो पटक छोरी जन्मेको खुशीयालीमा फलफूल खान पाएको पेट दुखेको उपचारमा अस्पतालमा रहेका ६० वर्षिया विरामी रामचन्द्र बोहराले बताए  । गाउँ समाजमा छोरा नभए अपुताली पर्ने र छोरीले वंश नै कायम नहुने भन्दै  छोराको आशमा अर्का विबाह गर्ने र धेरै सन्तानको जन्म दिने चलन कायमै छ ।

उनले भने छोरी जन्मिएको खुसीयाली मनाएको पहिलो पटक सुन्दै छु, मैले छोरा पाउन तेस्रो विबाह गरे यो दलित जोडीले छोरी जन्मेकोमा निरास हुनको ठाउँमा राज्यले दिएको सुत्केरी भत्ता नै बितरण गरि दिए ।

‘घरमा मेरो ७ सात छोरी छन् छोरा पाउन मैले ८ सन्तानको रहरभन्दा पनि बाध्यताले जन्म दिनु पर्यो ।’, अस्पतालमै भेटिएकी ४६ वर्षिया डल्ली देविजाग्रीले बताए । ‘परिवारले म माथि सौता समेत भित्र्याए । छोरी जन्म दिएको भन्दै परिवारले मलाई दिनमा एक छाक खान मात्र दिएन, विभिन्न आरोप समेत  लगाए ।’

अहिले यो जोडीले भने पहिलो सन्तान छोरी पाएकोमा खुशीयाली मनाएकोमा आफूलाई खुशीले थामी नक्नु भएको उनको भनाइ छ ।  उनले भने,  ‘जोडी भनेको त यस्तो पो हुन पर्छ । अरुको पिडा पनि आफ्नो पिडा भनेर बुझने छोरा छोरीलाई समान ठान्ने ।’

छोरा र छोरी समान हुन मैले पहिलो पटक छोरी पाएकोमा निकै खुशी लागेर राज्यले दिएको सेवा सुबिधा समेत अस्पातालको बिरामीलाई बितरण गरेको नवजात शिशुकी आमा अनिता दर्जीले बताए ।

‘हामी दुबै  पढे लेखेकाले दुबै जना क्रान्तिकारी सोचका भएकाले पनि समाजलाई चुनौति दिन छोरी जन्मेको खुशीयाली मनाएका हु ।’, उनले भने, ‘म अब दोस्रो सन्तान छोरा या छोरी जे भए पनि ढुक्क भए स्थायी बध्याकरण गर्ने छु ।’

हामी दुबै जनाबिच ७० सालमा बिवाह बन्दनमा बाँधिएको जोडी हुन् ।  अनित लामो समयसम्म  माओवादी जनमुक्ति  सेनामा काम गरेकी महिला हुन् भने आफू माओवादीमा संस्कृतिक टोलीमा काम गरे युद्धमा लागेको श्याम नेपालीले बताए ।

उनले भने, ‘घरमा गए र पनि परम्पारा बादि सोचको चिरफार गर्ने खशी बोका  काटेर भोज भतेर गर्ने सोच बनाएको छु।’ जिल्ला अस्पतालमा छोरी भएको खुसीयालीमा  मनाएको यो पहिलो पटक भएको डाक्टर बिष्णु खतिवडाले बताए ।

उनले भने, ‘छोराको खुशीयाली सबैले मनाउने गरेकोमा यो जोडिले छोरीको खुशीयाली मनाए र नमुना बनेको छ । अस्पतालमा भएका १८ जना विरामीलाई फलफूल खुवाएको छ ।’ अस्पतालमा ग्रभचेक जाँच गराउने र छोरी भएको थाहा पाए गर्भ पतन गराउनेको संख्या निकै बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्