छोरी जन्मीएको भन्दै दलित परिवारमा खुशीयाली



बझाङ्ग,१९पुस /छोरा जन्मे भोज भतेर गर्ने र छोरी जन्मे दुखेसो गर्ने यहाँको रुढिवादि परम्पारालाई चुनौति दिदै सुत्यकेरीलाई दिएको भतmा आफुले नलिई यहाँको एक दलित जोडिले अस्पतालका बिरामीलाई फलफुल बितरण गरेका छन ।

परिवारमा पहिलो सन्तान छोरी जन्मेको भन्दै कैलाश गाबिसका ५ का श्याम नेपाली र अनिता र्दजीको जोडिले राज्यले दिएको सुत्यकेरी भतmा आफुले नलिई अस्पतालका बिरामीलाई फलफुल बितरण गरेका हुन ।

गाउँ सामाजमा छोरा नभए अपुताली पर्ने र छोरीले वंश नै कायाम नुहने भन्दै छोराको आसमा अर्का बिबाह गर्ने र धेरै सन्तानको जन्म दिने चलन भए पनि आफुले पहिलो पटक छोरी जन्मेको खुशीयालीमा फलफुल खान पाएको पेट दुखेको उपचारमा अस्पतालमा रहेका ६० बर्षिया विरामी रामचन्द्र बोहराले बताए ।

उनले भने छोरी जन्मीएको खुसीयाली मनाहिएको पहिलो पटक सुन्दै छु मैले छोरा पाउने तेस्रो बिबाह गरे यो दलित जोडिले छोरी जन्मेकोमा निरास हुनको ठाउँमा राज्यले दिएको सुत्केरी भतmा नै बितरण गरि दिए ।

घरमा मेरो ७ सात छोरी छन छोरा पाउन मैले ८ सन्ताको रहर भन्दा पनि बाध्यताले जन्म दिनु परयो परिवारले म माथि सौता समेत भित्याए छोरी जन्म दिएको भन्दै परिवाले मलाई दिनमा एक छाक खान मात्र दिएन बिभिन्न आरोप समेत लगाए अहिले यो जोडिले भने पहिलो सन्तान छोरी पाएकोमा खुशीयाली मनाएकोमा आफुलाई खुशीले थामी नक्नु भएको ४६ बर्षिया डल्ली देविजाग्रीले बताए ।

उनले भने जोडि भनेको त यस्तो पो हुन पर्छ । अरुको पिडा पनि आफनो पिडा भनेर बुझने छोरा छोरीलाई समान ठान्ने ।छोरा र छोरी समान हुन मैले पहिलो पटक छोरी पाएकोमा निकै खुशी लागेर राज्यले दिएको सेवा सुबिधा समेत अस्पातालको बिरामीलाई बिरतण गरेको नवजात शिशुकीमा अनिता र्दजीले बताए ।

उनले भने हामी दुबै पढे लेखेकार दुबै जना क्रान्तिकारी सोचका भएकाले पनि समाजलाई चुनौति दिन छोरी जन्मेको खुशीयाली मनाएका हु म अब दोस्रो सन्ता छोरा या छोरी जे भए पनि ढुक्क भए स्थायी बध्याकरण गर्ने छु ।
हामी दुबै जना बिच ७० साल लगन गाँठोमा बाँधिएको जोडि हो अनती लामो समय सम्म माओबादि जनमुतmी सेनामा काम गरेकी महिला हुन भने आफु माओबादिमा संस्कृतीक टोलीमा काम गरे युद्रमा लागेको श्याम नेपालीले बताए ।

उनले भने घरमा गए र पनि परम्पारा बादि सोचको चिरफार गर्ने खशी बोका काटेर भोज भतेर गर्ने सोच बनाएको छ ु जिल्ला अस्पतालमा छोरी भएको खुसीयालीमा मनाएको यो पहिलो पटक भएको डाक्टर बिष्णु खतेवडाले बताए ।
उनले भने छोराको खुशीयाली सबैले मनाउने गर्ने यो जोडिले छोरीको खुशीयाली मनाए र नमुना बनेको छ । अस्पतालमा भएका १८ जनाविरामी फलफुल खुवाएको छ । अस्पतालमा ग्रभचेक जाँच गराउनेर छोरी भएको थाहा पाए गर्भ पतन गराउनेको संख्या निकै बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्