तमुधी युकेले मनायो ‘ल्होसार’



बाचस्पती रेग्मी, लण्डन ।
नेपालबाट बेलायतमा आई बसोबास गरेका तमुहरुले आफ्नो महान पर्व ‘ल्होसार’ भव्य  समारोहबीच मनाएका छन् । तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा हजारौं सहभागीहरुको उपस्थीतबीच १६ औं ल्होसार कार्यक्रम सम्पन्न गरेको हो  ।

उक्त महान पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने भेषभूषा र नाचगानहरु प्रदर्शन गरियो । नेपालबाट आएका गायक गायिकाहरु र स्थानीय कलाकारहरु मिलन अमात्य, मनोज गुरुङ, सम्झना लामिछाने, मधुसुदन थापा, बिग आइकन साजन आलेले समेत गायन प्रस्तुत गरे भने अरु विभिन्न तमुधिं इकाइले आफ्नो मौलिक नाच देखाएका थिए ।

तमुधी युकेका अध्यक्ष सुर्य (रामचन्द्र ) गुरुङको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी महामहीम राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङ संस्कार, गुरुङ संस्कृतिले नेपाल र नेपालीको पहिचान विश्वभर फैलाएको धारणा राखे । नेपालीहरु सयौं थुंगा फूलमा उनिएको एउटा सुन्दर माला भएको समेत बताए ।
सो ल्होसार कार्यक्रम सफल पार्न नेपालदेखी आउनु भएका प्राज्ञ एवं संस्कृतिविद डा. जगमान गुरुङले गुरुङहरुले मनाउने ल्होछार पर्वको महत्वमाथि र इतीहास बारेमा प्रकाश पारे । भर्खरै नीर्बीरोध नीर्बाचीत कार्य समीतीको कार्यभार हस्तान्तरण गरीएको सो कार्यक्रममा नीबर्तमान अध्यक्ष सुर्य ( रामचन्द्र) गुरुङ र नया अध्यक्ष ग्याम गुरुड्को बायोडाटा प्रस्तुत गरी कार्यभार एक समारोह बीच हस्तान्तरण गरीएको थियो ।

सो पश्चात कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले औपचारिक ९ औ कार्यसमीतीको कार्यभार सम्हाल्ने क्रममा अर्को वर्षदेखी बेलायतमा ६४ वटा समूहले छुट्टाछुट्टै मनाउने तमु ल्होसार बेग्ला बेग्लै मनाइने परम्परा अन्त्य गर्दै एउटा सामूहिक ल्होसारको पहल गर्ने बताए । उनले तमुधिं यूके स्थापनाको १६ वर्ष अवधिमा संस्थाले जातीय उत्थान, कला संस्कृतिको जगेर्ना, सामाजिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफ्नो कार्यकालमा तमु भवनको भौतिक संरचना  श्रोत र साधनयुक्त वनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

तमुधिं यूकेका निवर्तमान अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै एनआरएन अन्तराष्र्टि«य भवन बनाउन सहयोग पुर्याएको ब्यक्त गरेका थिए ।

तमुधी युकेका महासचिब हरी गुरुङले उद्घघोषण गरेको सो कार्यक्रममा नेपाली राजदुताबासको डीपुटी चीफ अफ मीसन सरदराज आर्यन, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखहरु, तमुधी युकेका संस्थापक अध्यक्ष मीन बहादुर गुरुङ लगायत तमुधीका पुर्व अध्यक्ष डमर घले, सुबास सी गुरुङ, मुछेन्द्र गुरुङ, कमल गुरुङ, तमुधी युकेका पदाधीकारीहरु, आमासमूहकी अध्यक्ष फस्ट लेडी पबीत्रा गुरुङ लगायत कार्यसमिति समेत उपस्थिती रहेको उक्त ल्होसार पर्वको अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई स्व डा. हर्क गुरुङ एवं स्व. डा. चन्द्र गुरुङ अवार्ड प्रदान गरीएको तथा समाजसेवीलाई कम्युनिटी अवार्ड प्रदान गरियो ।

संस्थाले ल्होछारको अवसरमा वार्षिक मुखपत्र फ्रैन्सी (युवा) पत्रिका विमोचन समेत गरेको थियो। तमुधी संस्थाले ल्होसारको अघिल्लो दिन ३० डिसेम्बरमा बीसीसी यूके गुम्बा, अल्डरसटमा शान्ती स्वस्थी धार्मिक पूजा समेत गरेको थियो । कार्यक्रममा नेपालबाट आएका विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु , लण्डनका पत्रकारहरु, ल्होसार मनाउने तमुहरु, बाबा आमाहरु, दाजुभाई दीदीबहीनीहरु बीशेस तमु ड्रेसमा सजीएर हजारांैको उपस्थितिले कार्यक्रम उल्लासमय भएको र पुर्ण सुरक्षाका साथ मनाएको थियो।

प्रतिक्रिया दिनुहोस्