संविधान संशोधन बिना कुनै हालतमा चुनाव हुन्नः महतो



(शिवहरीप्रसाद भट्टराई)/ राजविराज, १९ पुस । सदभावना पार्टीका राष्ट्र्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना कुनै पनि हालतमा चुनाव हुन नदिने बताएका छन् ।

प्रेस मञ्च सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

संविधान संशोधन बिना निर्वाचनको कुरा गर्नुलाई ‘बेमौसमको बाजा’ को संज्ञा दिदै यथास्थितिमा निर्वाचन कुनै पनि हालतमा संभव नहुने दाबी गरे ।

पहिले संविधान संशोधन मार्फत सबै जनतालाई अधिकार सम्पन्न बनाएपछि मात्र जुन रुपमा चुनाव गरेपनि आफूहरुलाई आपत्ति नहुने उनको भनाई थियो । उनले संविधान संशोधनकालागि एमाले बाधक बनेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्