स्थानीय निकायमा बेथिति फर्जी कामको भुक्तानी दिन दबाब



मोतीराम तिमल्सिना, काभ्रे
र्जी काममा रकम भुक्तानीको माग गर्दै दाप्चा काशीखण्ड नगरपालिकाका इन्जिनियर उज्वल अर्याललाई स्थानीयहरूले दुव्र्यवहार गरेका छन्। उता पेस्की लिएर फरफार नगर्नेले नगरपालिकाका थप योजनाहरूमा आँखा गाडिरहेका छन्।

पछिल्लो समय घोषणा भएको उक्त नगरपालिकामा गाविस हुँदैदेखि लिएको पेस्कीको जिम्मेवारी सरिआएको थियो। नगरपालिका भएपछि उक्त पेस्की फरफार गर्न सरोकारवालाहरू तयार नभएपछि नगरपालिकाले त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको छ। आर्थिक वर्ष २०७२⁄०७३ मा नगरपालिकालाई जिम्मेवारी प्राप्त भएपछि बाँकी रहेको ५७ लाख १५ हजार ५ सय १० पेस्की रकममध्ये ३५ हजार मात्रै फछ्र्यौट भएको छ।

दाप्चा काशीखण्ड नगरपालिकाले अझै ५६ लाख ८० हजार ५ सय १० पेस्की रकम फछ्र्याैट गर्न बाँकी रहेको छ। गाविस हुँदै सचिवहरूले पेस्की लिनेहरूलाई पटक–पटक फरफार गर्न अनुरोध गरेका भए पनि अटेर गर्दै आएका थिए। पेस्की फरफार नुहँदा नगरपालिका असफल हुने भन्दै नगरपालिकाले विभिन्न माध्यमबाट सरोकारवालाहरूलाई खबर गरेको भए पनि चासो देखाएका छैनन्।

दाप्चा काशीखण्डको आफ्नै वेबसाइटमा पेस्की फरफार नगर्ने व्यक्ति तथा योजना र रकमका बारेमा सार्वजनिक गरेको नगरपालिकाले जिम्मेवार नागरिक बन्न सबैलाई अनुरोधसमेत गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पेस्की फछ्र्याैट नगर्ने नगरपालिका तथा गाविसहरूलाई एमसीपीएममा अनुत्तीर्ण गर्न लागेपछि दाप्चा काशीखण्ड नगरपालिका संकटमा परेको हो।

स्थानीयले पेस्की लिने तर फछ्र्याैट नगर्नेहरूलाई नगरपालिकाको सेवा सुविधाबाटै वञ्चित गर्नुपर्ने सुझावसमेत दिएका छन्। केही व्यक्तिका कारण सिंगो नगरपालिका असफल बनाउने कुरा सैह्य नहुने भन्दै सरोकारवालाहरूले नगरपालिकाका कार्यकारी अधिकृत डम्मरु दाहाललाई तत्काल कारबाही गर्न दबाब दिन थालेका छन्। तत्कालीन छत्रेबाँझ गाविसका २७ जना व्यक्तिले पेस्की लिएका छन्। छत्रेबाँझका वीरबहादुर लामाले शीर्षक नै नखुलेको अवस्थामा गाविसबाट पहिलोपटक १ लाख ८७ हजार र दोस्रोपटक ३३ हजार पेस्की रकम लिएका छन्। पाटी निर्माण, खानेपानी, मन्दिर, मोटरबाटो, सरफाइलगायतका शीर्षकमा पेस्की लिनेहरू छत्रेबाँझमा प्रसस्तै छन्। त्यस्तै खनालथोक गाविसमा ३६ जनाले पेस्की फछ्र्यौट गर्न बाँकी भएको नगरपालिकाले जानकारी दिएको छ। ३ हजारदेखि ३ लाख रुपियाँसम्म गाविसबाट पेस्की लिई फछ्र्याैट नगर्नेहरू खनालथोक गाविसमा सबैभन्दा धेरै छन्। पेस्की लिनेहरूमा मेथिन्कोट गाविसका १६ जना, मथुरापाटी फूलबारी गाविसका ९ जना, पुरानागाउँ दाप्चाका ६ जना र डराउनेपोखरी दाप्चाका १० जना रहेका छन्।

उता समयमै योजना सम्झौता नगर्ने र सम्झौता भएका योजनाहरूमा समेत फर्जी बिल बनाएर स्थानीय निकायको रकम दुरुपयोग गर्ने क्रम रोकिएको छैन। त्यस्तो फर्जी बिलको भुक्तानी नगर्ने र स्टेटमेन्ट तयार नगर्ने दाप्चा काशीखण्ड नगरपालिकाका दुई युवाले नगरपालिकाका इन्जिनियर उज्वल आचार्यलाई दुव्र्यवहारसमेत गरेका छन्।

दाप्चा काशीखण्ड नगरपालिकाको वडा नम्बर ८ मा रहेको सिमडाँडामा नर्सरी निर्माणका लागि नगरपालिकाले विनियोजन गरेको योजनाअनुसार जम्मा ३० हजार खर्च भएकोमा स्थानीय गोपाल कुइँकेल र सुमन खनालले १ लाख ५० हजारको बिल बनाउन स्टमेट त्यहीअनुसार तयार गर्न दबाब दिँदै आएका थिए। आचार्यले कामको मूल्यांनका आधारमा डोजर प्रयोग गर्दा खर्च भएको ३० हजारको स्टमेट तयार गरी भुक्तानीका लागि लेखा शाखामा फाइल पठाइदिएपछि कुइँकेल र खनालले इन्जिनियर अर्यालमाथि दुव्र्यवहार गरेका हुन्। तत्कालै प्रहरी चौकी भकुण्डेमा जानकारी गराएको भए पनि प्रहरीलाई समेत स्थानीय केही राजनीतिक दलहरूले दबाब दिएर मिलाउन प्रयास भएको थियो। नगरपालिकाले उक्त कार्यप्रति खेद व्यक्त गर्दै सहजताका साथ कर्मचारीहरूलाई काम गर्न दिन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्