आर्सेनलको २ सयौं खेलमा जित



लन्डन, (एजेन्सी) आर्सेनलले आफनो इमिरेट्स स्टेडियममा खेलेको क्लबको २ सयौं प्रिमियर लिग खेलमा जित हात पारेको छ ।आइतबार राति भएको खेलको १७औं मिनेटमा ओलिभर जिराउडको उत्कृष्ट गोलसँगै आर्सेनलले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो । घरेलु मैदानमा जिराउडले स्कोर्पियन किक प्रहारबाट उत्कृष्ट गोल गरेपछि टोलीले पहिलो हाफसम्म १–० ले अग्रता लिएको थियो ।

खेलको ५६औं मिनेटमा इवोबीले गोल गरेपछि आर्सेनलको अग्रता दोब्बर बन्यो । त्यसपछि बांकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि आर्सेनलले नयाँ वर्षमा तीन अंक जोड़न सफल भयो । १९ खेलबाट ४० अंक जोडेको आर्सेनल शीर्ष स्थानमा रहेको चेल्सीभन्दा ९ अंकले पछाडि रहेको छ । त्यस्तै आर्सेन वेन्गरको टोली दोस्रो स्थानको लिभरपुलसँग तीन अंकले पछाडि छ ।

आइतबारै भएको अर्को खेलमा टोटेनह्याम हट्सपोरले वाटफोर्डलाई ४–१ ले पराजित गरेको छ । ह्यारी केन र डेल्ले अलीले समान दुई गोल गरेपछि टोटेनह्यामले सहज जित आत्मसात गरेको हो । केनले खेलको २७औं र ३३औं मिनेटम गरी दुई गोल गरेका थिए भने डेल्लेले ४१औं तथा ४६औं मिनेटमा ब्यक्तिगत दुई गोल गर्दै टोटेह्यामको गोलसंख्या चार पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्