ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम



काठमाडौं, (नेस) ग्लोबल आइएमई बैंकले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ। बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ।

२०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको बैंकले स्थापनाको एक दशकमा बैंक अफ द इयर तथा बेष्ट इन्टरनेट बैंकिङ अवार्डबाट प्राप्त गरेको छ। ९१ शाखा, १०३ एटीएम, ६ वटा एक्टेन्सन काउन्टर, ४४ शाखारहित बैंकिङ सेवा रहेको बैंकले ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै जनाएको छ। बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्