इन्टेक्सद्वारा बिक्रेतालाई थाइल्यान्ड भ्रमण



काठमाडौं, (नेस) भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सिजी इम्पेक्स प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्यान्ड भ्रमणमा पठाएको छ।

इन्टेक्स मोबाइल कम्पनीका मोबाइलको स्कीमअनुसारको लक्ष्य पूरा गर्दै सबैभन्दा धेरै बिक्री गर्ने देशभरका उत्कृष्ट ५० जनालाई ४ रात ५ दिनको लागि थाइल्यान्डको बैंकक र पतायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाएको हो।

थाइल्यान्ड पठाएका बिक्रेता तथा कर्मचारीले भेला र भ्रमणपछि बिक्री वितरण तथा बजार विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इन्टेक्स स्मार्ट फोनको बजार व्यवस्थापन हेर्ने कुसुम लामा योन्जनले जानकारी दिनुभयो। चौधरी गु्रप अन्तर्गत रहेको इन्टेक्स स्मार्ट फोनको सिजी इम्पेक्स प्रालिले नेपालभर वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्