छोराको मुटु लिनेसँग आमाले क्रिसमस मनाइन्



टिब्लिसी, (एजेन्सी) एकजना जर्जियाली महिलाले उनका छोराको दान गरेको मुटु प्राप्त गर्ने केटासँग क्रिसमस मनाएकी छिन्।

दुई वर्षअगाडि मस्तिष्कमा डरलाग्दो रक्तश्राव भएर अकस्मात बेहोस भएका जेनेसी रिस्टीका १६ वर्षीय छोरा टेलरलाई ‘ब्रेन डेड’ घोषणा गरिएको थियो। त्यसपछि रिस्टीले टेलरको अंग दान गरेर अरूको जीवन बचाउने निर्णय गरेकी थिइन्। ‘टेलर सधैं अरूको सहयोग गर्न चाहन्थे’, रिस्टीले इन्साइडएडिसनडटकमलाई बताइन्– ‘मैले झल्यास्स सम्झें कि यो गर्नु नै उपयुक्त हुनेछ।’ टेरको अंग, हाड र तन्तु देशभरिका २३ जना विरामीलाई दान गरियो र उनको मुटु पिटर्सबर्गका १९ वर्षीय ल्यान्स फ्रेले पाएका थिए। उनको जन्मँदै मुटुमा खराबी थियो।

टेलरको मुटु प्राप्त गर्नुअगाडि सम्म उनको तीनपटक मुटुको शल्यक्रिया भइसकेको तर सबै असफल भएको थियो। सन् २०१६ को वसन्तमा उनको मुटुले काम गर्न छोडेको थियो।

‘मेरो सम्पूर्ण परिवारले मुटु पाउन सफल भएकामा अत्यन्तै आभार महसुस गरेका थिए। रिस्टी उनीहरूका लागि कति महान् बनेकी छिन् भन्ने कुरा तपाईंले व्यक्त गर्न सक्नु हुन्न।’ –फ्रेले इन्साइडएडिसनडटकमलाई बताए।

फ्रेले रिस्टी उनीहरूकै परिवारमा थपिएका एकजना सदस्य भएको, परिवारका सबैलै उनलाई धरै मनपराएको र सबैले सँगै क्रिसमस मनाएको बताए। ‘यसले मलाई अत्यन्तै आनन्द दियो। विशेष गरी क्रिसमस क्रिस्टको जन्मलाई मनाउँछौं र हामीले टेलरको जीवनलाई लिएर मनायौं किनभने ऊ जिसससँग छ। हामीले टेलरको कारण बचेको ल्यान्सको जीवनलाई लिएर उत्सव मनायौं। टेलरको कारण ल्यान्सको जीवन कसरी प्रगति भइरहेको छ भन्ने थाहा पाउँदा अत्यन्त खुसी लाग्यो।’ –रिस्टीले बताए।

प्रतिक्रिया दिनुहोस्